Posted by: Birkhe_Maila May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

हिसाब मिलाएर पुरस्कार को सम्बन्धमा आश्चर्य प्रकट:

हिजो म बिर्ख बहादुर बोगटीले झिल्केलाल झाँगडले सोधेको हिसाबको प्रश्नमा पिसाब समेत नफेरि दिएको उत्तर मिल्न गएकोमा निज झाँगडले एउटा खसि पुरस्कार स्वरुप दिएका थिए। तर अगाडि बाँध्ने बेलामा सेतो खसि बाँधेर खैरो खसि भन्दै पुरस्कार दिएको देखिन आएकोमा, उक्त सेतो खसि आफैँले पाएको हो हैन निर्क्योल गर्नु पर्ने अवस्था सृजना हुन जाँदा, खसि चपाउनलाई तिखारिएको दाँतबाट पसिना बग्न थालेको छ। काटौँ भने पाएको भनिएको भन्दा फरक रंगको र नकाटौँ भने मासु लुछ्नलाई लालायित मुखको पिडाले छटपटिएको स्थितीमा कुन खसि पाएको र कुन काटेर खाँदा उपयुक्त हुन्छ उक्त कुरा छरलंग पारिदिनुभए आभारी हुने थिएँ।

बिर्ख बहादुल बोगटी

Read Full Discussion Thread for this article