Posted by: BKMailo May 7, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

पाठ्यपुस्तक अभाव

भोजपुर -कास)- शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक नभएपछि जिल्लाका विद्यालयमा पठनपाठन प्रभावित भएको छ । पाठ्यपुस्तक वितरकले समयमा ढुवानी गर्न नसकेकाले अभाव भएको हो ।

जिल्लास्थित पाठ्यपुस्तक अधिकृत बिक्रेताले धरान, विराटनगरमा किताब नपाएपछि आयात गर्न सकेका छैनन् । साझा प्रकाशन र सरकारद्वारा वितरण अनुमति प्राप्त वितरकले पाठ्यपुस्तक उपलब्ध नगराएकाले हालसम्म ढुवानी गर्न नसकेको उनीहरूले बताएका छन् । जिल्लामा साझाका अधिकृत बिक्रेताले पुस्तक बेच्दै आएका छन् ।

सरकारले निजी कम्पनीलाई पुस्तक छपाइ र बिक्री गर्न ढिलो अनुमति दिएपछि यस्तो समस्या आएको हो । निजी क्षेत्रका वितरकले भोजपुरका बिक्रेतासित सर्म्पर्क नगरेको भोजपुर बजारस्थित रजनी स्टोर्सका गणेश शाक्यले बताए ।  

Source:  http://kantipuronline.com/kolnepalinews.php?&nid=146216

Read Full Discussion Thread for this article