Posted by: Nepe May 6, 2008
केही गजलहरु
Login in to Rate this Post:     0       ?        

Waka-jyu,

 

तपाईको पछिल्लो गजलमा प्रयोग गर्नु भएको अग्र-अनुप्रास अनावश्यक भएपनि त्यसले गजललाई झन् बेसी लयात्मक बनाएको छ । मन पर्‍यो ।

 

अनि नि, तपाईको यो गजल मुन्नी बेगमले गाएको तलको गजलको लयमा ढल्ने रहेछ ।

 

बनी है दासतान‍-ए-शाम-ए-गम यह जिन्दगी अपनी

चरागो में धुँआ है चाँद ले जा चाँदनी अपनी

 

गजल सुन्ने भए यहाँ छ,

http://play.rhapsody.com/munnibegum/shameghazal/banihaidastaan

 

मेरो सुझावको हकमा, मलाई के लाग्छ भने अब तपाई गजलको प्राविधिक पक्षमा पोख्त भईसक्नुभयो । अब भाव पक्षमा जोड दिनुहोला । अब काफियाको समस्यापूर्ति गर्ने हिसाबले वा शाब्दिक चमत्कार देखाउने उद्देश्यले गजल लेख्ने होईन मनमा उर्लेका (साच्चिकै उर्लेका) भावनाहरुलाई शब्द दिने हिसाबले गजल लेख्नुहोला ।

 

प्रेम गीत-गजलको लागि एक सदाबहार विषय हो । तर के कुरामा ध्यान दिनुहोस् भने पुराना गीत-गजलमा पढिएको सुनिएको सेकेण्डह्याण्ड र काल्पनिक कथा र व्यथा होईन आफैले भोगेको-देखेको वास्तविक व्यथाको कथा लेख्नुहोस् । साधारणै भए पनि वास्तविक कथा हो भने त्यसको प्रभाव अत्यन्त गहिरो हुन्छ, किनभने त्यो वास्तविक हुन्छ र मानिसले त्यसलाई वास्तविक रुपमा अनुभव गर्न सक्छन् ।

 

त्यसैले बजारिया गीतहरुलाई दिमागबाट पुरै डिलिट गरेर एकदम क्लिन भएर आफ्नै हृदयको ढुकढुकीलाई सुनेर त्यसलाई शब्दमा उतार्नुहोस् - तपाईले गजलको जादू पैदा गर्नु हुनेछ ।

 

समस्त शुभकामनाकासाथ,

 

Nepe

Read Full Discussion Thread for this article