Posted by: Deep May 5, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

खै चेली के हो -- सेकेण्डरी बोर्डीङ्ग हो कि बोर्डीङ्ग सेकेण्डरी हो हेरी त्यो इस्कुलको नाम आफुलाई यकिन छैन। आफुले पढ्या हैन। मैले त महेन्द्र भवनमा पढ्या जस्तो लाग्छ। के गर्नु बासै सानो गौचर तिर आफ्नो त आईतबार देखी शुक्रबार सम्म ब्यान बेलुकै। अनि शनिबार चै घर घर तिर।

त्यो भानु चोकबाट उकालो लागेर छाता चोकाँ पुग्यो हैन अनि नास्ता बजायो हो अन्त फेरी लागो उकालो -- त्यसै क्रममा सुश्री अचार्जको घर पनि पुगिन्थ्यो। त्याँ माथि दुरसंचार तिर बाट एउटा ट्याम्पुमा हुरुरु आईयो कि एकपटक अन्त ट्याम्पु त स्टार्ट बन्द गरेरै आइपुग्दो रछ त तल भानुचोक सम्म -- प्याटोलको दामी बचत हुँदो रछ नी -- ए अनि छाताचोकले सम्झेँ --त्याँ बैंक थ्यो नी --नेपाल बैक हो क्यारे -- त्याँ पनि भ्वाक्कै भेट भो नी सुश्री अचार्ज सँग -- तर श्री अचार्ज पनि रछन अन्त सेन्टी भैगो नी --

Read Full Discussion Thread for this article