Posted by: RebelCMX May 4, 2008
Please Help me Translate this into Nepali
Login in to Rate this Post:     0       ?        

Hi Pat,

Here comes the translation in Nepali. I hope it will help you.

स्वीक्रीती तथा सहमती

अधययनमा भागलिने निर्णयगर्नुअघी कृपया यो स्वीक्रिती/सहमती पत्र ध्यानदिएर पढ्नुहोला /

अनुसन्धानको उदेश्य:

यस को उदेश्य शहरी तथा ग्रामीण क्षत्रमा रहेका तिब्बती शरनार्थि शिविरहरुमा आवश्यक सामुदायिक क्ष्ययरोग ब्यवस्थापनमा के कस्तो कुराहरुको आवश्यक छ, त्यसको पहिचान गर्नु हो /

अनुसन्धानमा तपाईंले के गर्नुपर्छ ?

तपाईंले तपाईंको शिबिरमा भएका क्ष्ययरोग सम्बन्धी प्रश्नहरुको साधारण जवाफ दिनुपर्नेछ यसबाट तपाईंसँग भयका क्ष्ययरोग सम्बन्धी साधारण ज्ञान, क्ष्ययरोग नियन्त्रन तथा ब्यवस्थापनमा समुदायको भूमिका आदिको पहिचान गर्नेछ प्रश्नहरु अत्यन्त ब्यक्तिगत तथा अप्थ्यारो हुनेछैन ; यध्यपी तपाईंलाई अहिले क्ष्ययरोग लागेको छ कि छैन भनेर सोधिनेछ त्यसकारण यदी तपाईंलाई कुनैपनी प्रश्नले असजिलो पर्‍यो , जवाफदिन चाहनु भयन वा अन्तरवार्ता नै रोक्न चाहनुभयो भने तपाईंले त्यस्तो गर्न सक्नुहुनेछ तपाईंको फोटो, भिडिओ खिचिनेछैन, बोलेको रेकर्ड गरिनेछैन, पहिचान खुल्ने कुनै पनि काम गरिनेछैन / हामीले तपाईंको उमेर, लिङग, जन्मेको ठाउँ सोध्नेछौ तर तपाईंले जवाफ दिन चाहनु भयन भने जवाफ नदियपनी हुन्छ /

आवश्यक समय:

यो अध्ययनकोलागी करिब २० मिनेट समय लाग्नेछ /

खतरा:

यो अध्ययनमा भागलिएर तपाईंलाई कुनैकिसिमको खतरा हुनेछैन /

फाईदा:

यो अनुसन्धानमा / अध्ययनमा भाग लिएर तपाईंलाई कुनै प्रत्यक्ष्य फाईदा हुनेछैन / यो अध्ययनबाट हामीलाई तपाईंको समुदायमा भयका क्ष्ययरोग नियन्त्रन सम्बन्धी समस्यालाई बुझ्न सहयोग गर्नसक्छ / यसबाट हामीले तपाईंको समुदायलाई चाहिने अत्यन्त आवश्यक आधारभुत कुराहरुको पहिचान गर्ने आशा गरेकाछौ; जसबाट भविस्यमा तपाईंको समुदायलाई सम्भावित सहयोग गर्न मद्घत पुग्नेछ /

गोपनियता:

सहभागिहरुले आफ्नो नाम तथा परिचयदिने कुनैकुरा भन्नुपर्दैन / सहभागीहरुले आफ्नो उमेर, लिङग, जन्मेको ठाउँ (जस्तै भारत, तिब्बत, नेपाल आदी) भन्न नचाहेमा दिनुपर्दैन / सहभागीहरुले एकजना ब्यक्तिसँग एक्लै कुर गरे हुन्छ र तपाईंले भनेका कुराहरु उसले बाहेक अरु कसैले पनि थाहापाउन सक्दैन / सहभागीहरुलाई पछी चिन्नकोलागी भिडियो तथा स्वर रेकर्ड गर्ने जस्तो कुनै पनि काम गरिनेछैन / तपाईंले दिएका सबै प्रश्नको उत्तरहरु गोप्यनै राखिनेछ / तपाईंको नाम सन्कलन गर्ने छैन र तपाईंले दिएका उत्तरहरु सँग राखिने पनि छैन /

आफ्नो ईच्छा अनुसार सहभागीहुने:

तपाईंको सहभागीता पूर्णरुपले आफ्नो ईच्छा अनुसार हुनेछ /

अध्ययनबाट हट्ने अधिकार:

यदी तपाईं अध्ययनबाट हट्न चाहनुभएमा अन्तरवार्तालिने ब्यक्तिलाई भन्नुस् र तपाईंले दिएका सबै जवाफहरु तपाईंकै अघाडी च्यातेर फाल्दिनेछ / यदी जानुछ भने कृपया भनेर मात्र जानुहोला /

पारीश्रमिक:

अध्ययनमा सहभागी हुनु भयवापत तपाईंलाई कुनै पारीश्रमिक (पैसा) दिनेछैन /

Read Full Discussion Thread for this article