Posted by: sumedhu May 3, 2008
How educated are Maobadis?
Login in to Rate this Post:     0       ?        

नेप्टेको कमेण्ट प्रभावशाली भए पनि अलि झूटो छ । नेप्टे महोदयले माओवादी पनि राम्रै पढेलेखेका छन् भन्ने देखाउन खोजेको भए पनि कुरा त्यस्तो साँचो हैन । वास्तवमा ९५% बन्दूके माओवादी अत्यन्त कम पढेलेखेका वा साक्षरताको स्तर भन्दा अलिकति माथि मात्र छन् । अनि केही पढेलेखेका र कलेज सम्म पुगेका ठिटा ठिटीहरू चाहिँ पार्टीको मिलिसिया र प्रचार प्रसारको मोर्चामा अनि सांस्कृतिक गतिविधिमा लागेको पाइन्छ । यसो गर्दा माओवादीलाई धेरै फाइदा हुने गरेको छ । नपढेकालाई ब्रेन वास गर्न सजिलो हुन्छ र नियन्त्रणमा राख्न सजिलै सकिन्छ अनि तिनलाई सपनामा बाँधेर काममा लगाउन सकिन्छ र यिनले दायाँ बायाँ सोच्ने खुबी नै राख्दैनन् ।

तर बाबुराम, हिसिला, सुरेश आले मगर जस्ता केही पोष्ट ग्र्याजुएट अनि प्रचण्ड र महरा, हितराज पाण्डे,  जस्ता बिएस्सी र बिएड पास गरेका केही भुतपूर्व गाउँले माष्टरहरू पनि माओवादीमा छन् । यी सबै जसो केन्द्रीय नेतृत्वमा छन् भने अरू धेरै जसो माथिल्लो स्तरका नेताहरू समेत एस एल सी भन्दा तल भेटिन्छन् । कुरा र भाषणमा क्रान्तिकारिता देखाउन सक्ने भए पनि धेरैजसो अहिलेका माओवादीहरू विद्यालय समयमा अंग्रेजी, विज्ञान र गणितमा ३२ नकटाउने भएकाले आफ्नै शिक्षकलाई कांग्रेस वा एमालेको आरोप लगाएर कुट्ने पिट्ने गर्ने गर्थे र पछि स्कूलले कारवाही गरेपछि, बुर्जुवा पढाइ बहिस्कार गर्दै क्रान्तिकारी बनेर भुमिगत हुन्थे । 'यसो गर्नु राम्रो हुन्न बाबु हो' भनेर उपदेश दिने कतिपय माष्टरहरूलाई पछि माओवादीले आफ्नो क्रान्ति सम्पन्न गर्न बली पनि चढाए । यस मध्ये लमजुङका मुक्ति अधिकारी सर एउटा ज्वलन्त उदाहरण हुन।

तर अहिले माओवादी राजनैतिक पार्टीको रूपमा शान्तिपूर्ण राजनीतिमा अवतरण भए पछि , कांग्रेस र एमालेबाट मोहभंग भएका वा आफ्नो दूनो सोझिएन भनेर आक्रोशित धेरै अवसरवादीहरू स्वाभाविक रूपमा , माओवादी मौरीको चाका वरिपरि भुनभुनाउन थालेका छन् । धेरै भुतपूर्व अञ्चलाधीसहरू, पूर्व मण्डले जमात, विश्वविध्यालयमा पढाउने धेरै मौका नपाएका कागहरू काग तिहार मनाउन उता उडेका छन् र अब भने माओवादीमा विद्दावनको लर्को लागेको छ ।

 कसैले सोधे जस्तो, कागजी योग्यता मात्रले पो के गर्छ र भन्ने कुरा पनि साँचो हो । पढेको र विद्वत मान्छेले कुरा त बुझेको हुन्छ । यहाँ समस्या के कुराले पार्ला जस्तो देखिन्छ भने कुरा बुझ्नै नसक्नेले कुरा बुझेको अभिनय गरेर सबै कुरा उनैको बुझाइ अनुसार चल्नै पर्छ भन्ने आदेश जारी गर्ने भए ।

पढ्दैमा राम्रो नहोला, तर के नपढेर झन राम्रो होला त ?

Read Full Discussion Thread for this article