Posted by: Rahuldai May 2, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

सबिता कबिता
भाग ९
 

 

गर्मि को छुट्टि मा हामी घर आयौं। संभवत म २ २ दिन् पहिला आएं। ज्ञानलाल  आउने बित्तिकै मलाई भेट्न आए।


"मैले भोलि नै भेट्ने प्लान बनाएको छु, कबिता संग।"
उस्ले श्री गाणेशाय नम: यही बाट गरे। मानौं भोलिको दिनको लागि उ सदियौं देखि पर्खिरहेको छ र जीवन मरणको कुनै निर्णय हुने वाला छ। न होस् नि कसोरी, जीवन साथीको जीवन को जो सवाल छ।

"हुन्छ, भेट तर डारेक्ट् कुनै कुरा पनि न भन। हामी ले जे सोचका थियौं त्यो गलत पनि हुन सक्छ।गलत ठहरियो र  कसैको चित्त दुख्यो भने त्यसको पश्चाताप गर्न सजिलो हुन्न। अझ प्रेम को मामलामा अक्ष्यम्म पनि हुन सक्छ। त्यसैले बडा होशियारपूर्बक यथार्थ उत्खनन गर्नु। तिम्रो प्रेमको जग पनि भास्सियोस्, सत्य पनि न छोपियोस्। शंका, उपशंका, शाखा शंका केही मात्र पनि प्रेम् रस भित्र घुल्यो भने सम्झ जिन्दगि भर पोल्यो।"

 बडा दार्शनिकपारामा मैले नि खोकिदिएं।

"ठिक छ यार, म भोलि बेलुकी नै सब बेलिबिस्तार् लगाउछु। त्यसपछि सल्लाह गरौला । "

"हुन्छ, बेस्ट अफ लक, जोस् मा होस् नगुमाउनु सब ठिक हुन्छ।"  खुट्टा उचाली सकेको ज्ञानलाल् को भनाइमा मैले नि बुट्टा भरें।

ज्ञानलाल् कबितालाई भेट्न गयो वा आफ्नो मुटु आफै रेट्न गयो, फर्के आए पछि थाहा हुन्छ। न भन्दै फर्केर आउने बित्तिक्कै "लौ हिड, म: म: खान" भन्छ बा।
 मूड हेर्दा कुरो सप्रेछ। प्रशन्न छ ज्ञानलाल। आफ्नो भने पेट टन्न। "भर्खर भात खाएको खान्न म: म: स: म:।"

 "असली कुरा भन्नु छ के, जाउ न भने १ प्लेट म: म: एक्स्ट्रा भागमा कोच न। "
त्यसो त ज्ञानलाल को कन्जुस्याइ जग जाहेर त न भनौं, टोल जाहेर थियो।अरु बेला तीन पाथी भोल्ट हाले नि स्वयम्भू माथी चढाए नि म: म: त के समोसा नि खुवादैनथ्यो। ठुलै उपलब्धी न भै म: म: खान जाउं भन्दैन।
मौका यही हो, चपा भैरे चपा, कसैले भने जस्तो लाग्यो।
म: म्: खान जाने बहाना मात्र  न थ्यो।

"ल भन आज साह्रौ प्रशन्न देखिन्छ्स्। के भो एक् एक गरेर डिटेलमा भन।"

ज्ञानलाल् भन्दै गयो-

हामीले सोचेको त सब गलत पो रहेछ। त्यो प्रदिप  पाक:चा, टाढाबाट नाता पर्ने मात्र न भएर दिदीको क्लासमेट रे।
"ए त्यसो पो?" मेरो शंका अझ निवारण भैसकेको थिएन।
"अनि बिस्तारै सिनेमा हल को कुरा निकालेनस् त?"
 
त्यो नि सोधें, मैले।
सोध्न नहुने रैछ, बिचरी त क्वाँ क्वाँ घ्वाँ घ्वाँ रुन थाली। चित्त दुखे छ। त्यो पाक: चा ले जबर्जस्ती गरेर मात्र उ गएकी रे। त्यो पाकचा: सधै पछि लागेर हैरान रे। त्यो हिस्सी न परेको पाकचा: बाट छुट्कारा कहिले पाउंछ भनेर बसेकी रे। अब म आए पछि आफै पाकचा: टाढा हुन्छ रे। सब पाकचा: को कमाल रहेछ, बिचरी त्यस्ती सोझी माथि शंका गरें मैले। तैले त हो उक्साएको मलाई बेकार मा। झण्डै ज्यानै खुस्केको।

"ए! सरि है, मैले पहिला नै भनेको ज्ञानलाल, त्यो सत्य नहुन सक्छ। तथ्य सत्य पत्ता लगाउनु छ। अब सब क्लियर भै हाल्यो नि।"
 
बिचरी कबिता होइन, कबिता त नकचरी हो मेरो बुझाइमा। बिचरा त ज्ञान लाल् हो। दुइ थोपा आँशुमा पग्लिए छ। तरुणीको आँशु को शक्ति बल्ल देखें। बर्षौंको देबादेबको भक्ती भन्दा शक्तिशाली हुंदो रहेछ।

मैले आफ्नै आँखाले देखेको र आफ्नै कानले सुनेको पुरै असत्य हुन सक्दैनथ्यो। केहि न केहि सत्य हुनै पर्थ्यो भन्ने लागेको  आज पूर्ण सत्य लाग्यो। नाटकको अभिनय चिन्न सकेन ज्ञानलालले। अथवा चिन्न जान्ने क्षमता आँशुको भेल ले भगै दियो।
मलाई राम्रो संग ज्ञान छ ज्ञानलाल, कर को हिडाइ , डरको हिडाइ र भरको हिडाई को भिन्नता। मस्किंदै, जिस्किदै पर पर होइन वर वर हुनु कुनै कर र डरले हुन सक्दैन। एक् दिन कर हुन सक्छ, दुइ दिन हुन सक्छ, दिन का दिन हुन सक्दैन।
जे होस्, सरोकारवालाले माने पछि मेरो के लाग्छ। बेकारमा कवाब हड्डी किन हुनु ?

"धेरै बेर पछि मैले फेरि भनें, आज सबै क्लियर भै हाल्यो। तं न रिसाउ, अझ बुझ्ने प्रयास गर, फाइदा मलाई हुने होइन , तंलाई नै हुने हो।"

"त्यो त बुझ्दै गरौला, साढे २ महिना छ गर्मीको छुट्टी, त्यतिन्जेल त सबक्लियर भै हाल्छ नै।"

त्यस पछी, ज्ञानलाल र कबिताको प्रेम लीला चल्यो, दैनिक २-३ शो मै। हाउसफुलका साथ।
ज्ञान लालको जीवन मा कहिलेइ नदेखिएको चमक थियो।  सधैंको कचकचले भएको घर भित्र माया के हो कहिले देखेको थिएन। यदि कबिताको माया बिटुलो र झुठो  भन्ने थाहा पायो भने ज्ञान लालले सहनै सक्दैन। म त्यो कुरा म चिन्तित थिएं।
 
एक दिन फेरि मैले कबिता  एक जाना ह्यान्सि संग हात समाई हिड्दै गरेको देखें, मासंगल्लीमा। साँझ को साढे सात बज्दो हो। पश्चिमको आकाश अझै रक्तिम नै थियो।ेक् छिन् झस्कें, कबिता र ज्ञानलाल होला, जम्काभेट् भयो भने बोर् हुन्छ, भनेर बिच् बाटोमै अन्तै मोड्न खोजें पाइला, तर मनले जोडले न मोड पाइला भने। त्यो ज्ञानलाल होइन जस्तो छ डबल चेक गर भने।

लौ त भनेर एउटा पसलको कुनोबाट लुकेर  चियो गरें। ज्ञान लाल होइन रहेछ, त्यो त प्रदीप अर्थात पाक: चा पो रहेछ। छाना बाट मात्र होइन आकश बाट खसे जस्तो भएं म।

"ह्या!!!!! आफ्नो लभ को कुरा हो र त्यति सारो  चिन्ता लिन लाई, आफैले सम्झायो। सम्झेन मन। आफ्नो न भए नि सानै देखि को मित्रलाई भित्र भित्र बाट यसरी भेट्दै रेट्दै छन्, सहनु हुन्न, केहि गर। अर्को चेतनमन ले भन्यो।

सिधै ज्ञानलाल् को घर गएं। ज्ञानलाल नि एक छिन भाको रहेछ घर हुलेको।

"लौ म नि भर्खर आएको, कताबाट अैस्।
म नि उता बागबजार तिर एक् जना मित्र भेट्न गएको थिएं। गफ गर्दा गर्दै ढिलो भयो। तं कहांबाट आएको नि, निकै झकास् देखिन्छस्।"
 
"कबिता र म गोदावरी घुमेर आएको। बडा खुशी छु यार। तं त कबिता मात्र लेख्छस्, आज म संग जिउंदो कबिता छ।"

 "कति बेला फर्केको नि?" टाइमिङ् चेक गर्न मैले भनें।


भयो यसो डेढघण्टा जति।
अनि कबिता खै त?
 अघि नै रत्नपार्क बाट छुट्टिएर आएको, घर गई।

ए ! भन्दै जुत्ताको फित्ता कसन् थालें

चिया खाएर जा न किन जान लागिस्, भन्दै थियो। भात खाने ट्याम भैसक्यो, ढिलो भयोकि भात होइन लात मात्र बाकी रहन्छ, त्यसैले हिडें, भोलि भेटौला।

क्रमश:

Read Full Discussion Thread for this article