Posted by: bikash kc May 2, 2008
दशकपछि रात्रि विवाह
Login in to Rate this Post:     0       ?        

दशकपछि रात्रि विवाह

रमेशचन्द्र अधिकारी

धनकुटा, संविधानसभा निर्वाचन सकिएलगत्तै शान्ति र भयरहित वातावरण महसुस गरी एक दशकपछि जिल्लामा रात्रि लगनमा विवाह गरिने प्रचलन पुनः सुरु भएको छ ।

द्वन्द्वका कारण रात्रि विवाह प्रचलन लोपजस्तै भएको थियो । जिल्ला सदरमुकाम तथा आसपासका क्षेत्रमा एक दशकपछि गत आइतबार राति दर्जनभन्दा बढी वैवाहिक कार्यक्रम भए ।

द्वन्द्वरत अवस्थामा सुरक्षाका कारण र संविधानसभा निर्वाचन नहुन्जेल अस्थिरताका कारण दिवा लगनमा विवाह हु“दै आएका थिए । निर्वाचनलगत्तै पहिलोपटक आएको विवाहको लगनमा रात्रि वैवाहिक कार्यक्रमले  पुनर्जीवन पाएको हो ।

सदरमुकाममा एकै दिन आयोजित चार विवाहमा सरिक धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक केशव पहाडी रात्रि लग्नप्रति स्थानीय- वासीको आकर्षा भएको बताउ“छन् । 'यो संयोगमात्र नभएर राजनीतिमा  आएको परिवर्तनका कारण पनि हो,' उनले भने, 'जनताले शान्ति महसुस गरेका रहेछन् ।'

द्वन्द्व सुरु हुनुअघि अधिकांश रात्रि लगनमा विवाह गरिने चलन रहेको धनकुटा-७ हुलाकटोलका माधव दाहालले बताए । लगातार एक दशकसम्म कफर््र्यु तथा सुरक्षा सजगता र हि“डडुलमा कडाइ भएकाले राति  विवाह गर्ने चलनै हटेको थियो ।

शान्ति स्थापनापछि रात्रि लगन हुन थालेकाले सजिलो भएको विराटनगरबाट बेहुला बनेर आएका लक्ष्मण गौतमले बताए ।

विशेष गरी टाढा वैवाहिक कार्यक्रम गर्दा रात्रि लगनको महत्त्व रहेको स्थानीयवासीको धारणा छ । गर्मी समयमा पनि राति विवाह गर्नु राम्रो हुने धनकुटा-७ की अञ्जु दाहालले बताइन् । उनी स्वयं रात्रि लग्नमा  भएको वैवाहिक कार्यक्रमकी बेहुली हुन् ।

 

http://kantipuronline.com/kolnepalinews.php?&nid=145662

Read Full Discussion Thread for this article