Posted by: aman April 29, 2008
फोरम हामीद्धारा निर्मित संस्था हो ।’-प्रचण्ड
Login in to Rate this Post:     0       ?        

 

के बोल्दैछन प्रचण्ड ?

‘अब तपाईलाइ एक दुइटा नयां कुरा भन्छु । मधेसी जनअधिकार फोरमहामीले बनाएको नेकपा माओवादीले मधेसका सबैखाले मधेसी बुद्धीजिवीहरुलाई समेट्ने भनेर उपेन्द्र यादवलाइ जिम्मा दिएर यो बनेको हो । उपेन्द्र यादव त्यत्तिवेला माओवादी पार्टीभित्र क्षेत्रिय व्युरोमा थिए । त्यसबेला यो जनअधिकार फोरममा विभिन्न खाले बुद्धीजिवि समेट्ने भनेर हामीले बनाएका हौं । त्यसकारण मधेसी जनअधिकार फोरम हाम्रो लागि पराइ छैन । फोरम हामीद्धारा निर्मित संस्था हो ।’-प्रचण्ड

सत्ता एउटा यस्तो रोग हो जसलाइ पाएपछि बोलेको कुरा त के आफु उभ्भिएको धरातल पनि विस्रन्छन नेताहरु । हिजो सत्तामा पुगेकाहरुले हामीलाइ सिकाएको पाठ भनेको यही हो । बोल्नु सत्तामा जाने सिढी निर्माण गर्नु हो जहां पुगेपछि बोलेको गर्नैपर्ने कुनै बाध्यता हुन्न । कारण अर्को निर्वाचन नभएसम्म कसैले उनलाइ घोत्रेुठ्याक लगाउने हिम्मत गर्न सक्दैन । तर अचम्म माओवादी सत्तामा पुगिसकेकै छैन तैपनि उनीहरुको बोलिको ठेगान भएन । त्यसमा पनि विशेष माओवादी अध्यक्ष प्रचण्डको । सत्तामा पुग्नका लागि हिजौ गौरमा भएको आफ्ना कार्यकर्ताको हत्यालाइ चटक्कै विसर्िएर उनी अहिले मधेसी जनअधिकार फोरम माओवादीद्धारा नै निर्मित संस्था मात्र हैन उ माओवादीका लागि पराइ समेत नभएको दावी गरेका छन ।
यो वैचारीक विचलन नभए के हो यदी त्यसो हो भने के गौर हत्याकाण्ड माओवादीले चर्चामा आउनका लागि आफैंले गराएको घटना हो त के गौरमा मारिएका २७ जनाको जिम्मेवार फोरमका साथै माओवादी आफुपनि हो त
इतिहास मेटिदैन कुनै कुनै विगत त सधै स्मरणमा रहीरहन्छ । यदी सर्वसाधारणले विसर्िएपनि घटनाका पिडितले कसरी भुल्न सक्छन ति घटना ? के सत्ताका लागि फोरमलाइ मनाउने लालसामा प्रचण्डले गौरमा मारिएका आफ्नै पार्टीका परिवारलाइ सम्झनुपर्दैन ?
नेपाल समाचारपत्रमा छापिएको उनको अन्र्तवार्ता पढेपछि उब्जीएका प्रश्नहरु हुन यि । संविधान सभाको निर्वाचनपछि मधेसी जनअधिकार फोरम शक्तिशाली क्षत्रिय दलको रुपमा उदाएको छ । उसले मधेसका लागि उठाएको मागलाइ मधेसले अनुमोदन गरेको छ । यसको सम्मान सबैले गर्नुपर्छ । तर सत्ताका लागि उपयोग हैन ।

माओवादी सत्ताका लागि यत्तिको परिर्वतन हुन्छ भन्ने कल्पनाबाहिरको कुरा हो । कारण हिजो हत्याराको दर्जा दिएका उपेन्द्र यादव अहिले प्रचण्डका लागि हितैसी बनेका छन । त्यो पनि फोरमले भनेको हैन प्रचण्डले भनेको । प्रचण्डले हिजो जे जस्तो भएपनि अब सहकार्य गर्नुपर्छ भन्नु सामान्य हो । यर्थाथ पनि यही नै हो । तर हिजो हत्यारा भन्ने अनी अहिले आएर हाम्रो हिजोदेखिएको सहकार्य थियो भन्न त भएन नी । हिजोदेखी फोरम र माओवादीविच सहकार्य थियो भन्ने भ्रम फैलाएर किन प्रचण्ड आत्मघाति काम गरिरहेका छन बुझ्न सकिएन ।

नेपाल समाचारपत्रमा प्रकाशित अन्र्तवार्ता

 

फोरम माओवादीकै उत्पादन हो-प्रचण्ड

संविधान सभाको पहिलो बैठक बस्न ६ सय १ सदस्य आवश्यक पर्दछ । जसका लागि २६ जना मनोनित गर्नुपर्छ । यो कुन प्रकृयामा हुन्छ ?
२६ जना सहमतिले नियुक्त गर्ने भनिएको छ । प्रधानमन्त्रीले गर्ने सहमतिको आधारमा । यसबारेमा समेत छलफल गर्दैछौं । सकेसम्म २६ जना चांही राष्ट्रिय जीवनका त्यस खालका ब्यक्तिहरु जो संविधान निर्माणका लागि अनिवार्य हुन्छ जो निर्वाचनमा लडेका छैनन त्यस्ता ब्यक्तिलाइ ल्याउने कोसिस हुन्छ । सहमतिको आधारमा भनिएको हुंदा अहिलेलाइ सात दल र संविधान सभामा प्रतिनिधित्व गर्ने अन्य दलका प्रतिनिधिसंग पनि सहमतिा लागि पनि कोसिस हुनेछ ।

२६ जना सबै राजनीतिक दलवाट नियुक्त हुने सम्भावना कत्तिको छ ?
त्यसमा हिसाव किताव गर्दाखेरी संविधान सभामा जुन अनुपातमा राजनीतिक दलको प्रतिनिधित्व भएको छ मलाइ लाग्छ त्यसैको वरिपरिमा हुन्छ त्यसको संख्या । तर राजनीतिक दलहरुकै प्रस्तावमा उनीहरु चुनिन्छन । २६ जनाको प्रतिनिधित्व राष्ट्रिय ब्यक्तित्वहरुवाट होस भनेर कोसिस गछौं । नेकपा एमाले र नेपाली कांग्रेसले पनि २६ जनाभित्र आफ्नै पार्टीका नेता कार्यकर्ता घुसाउने भन्दा पनि संविधान निर्माण गर्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने राष्ट्रिय व्यक्तित्व नै खोज्नेछन भन्ने लागेको छ ।
यो नियुक्ती मन्त्रीपरिषद् गर्ने हो कि प्रधानमन्त्रीले ?
यि कार्य दलहरुविच सहमति जुटाएर प्रधानमन्त्रीको प्रस्तावमा क्याविनेटले गर्नेछ । हाम्रो विचारमा नयां क्याविनेट बन्नुपर्छ र नयां क्याविनेटले निर्णय गर्नुपर्ने हुन्छ । किनकी संविधानसभाको पहिलो बैठकमा नै त्यो प्रस्तुत हुने कुरा हो । त्यस कारण संविधान सभाको पहिलो बैठकसंगै सरकार पनि बन्ने भएकाले नयां सरकार बनेर त्यसको प्रस्ताव हुनुपर्छ भनेर हामीले आफ्नो कुरा राख्नेछौं । तरयस विषयमा पनि राजनीतिक दलहरुविच सहमति हुन जरुरी छ ।
विगतमा तित्ततापुर्ण सम्बन्ध रहेको मधेसी जनअधिकार फोरमको पनि चुनावी परिणाम राम्रै आएको छ । अब कसरी अगाडि बढ्नु हुन्छ ?
अब तपाईलाइ एक दुइटा नयां कुरा भन्छु । मधेसी जनअधिकार फोरमहामीले बनाएको नेकपा माओवादीले मधेसका सबैखाले मधेसी बुद्धीजिवीहरुलाई समेट्ने भनेर उपेन्द्र यादवलाइ जिम्मा दिएर यो बनेको हो । उपेन्द्र यादव त्यत्तिवेला माओवादी पार्टीभित्र क्षेत्रिय व्युरोमा थिए । त्यसबेला यो जनअधिकार फोरममा विभिन्न खाले बुद्धीजिवि समेट्ने भनेर हामीले बनाएका हौं । त्यसकारण मधेसी जनअधिकार फोरम हाम्रो लागि पराइ छैन । फोरम हामीद्धारा निर्मित संस्था हो ।
प्रस्तुती : सुरेन्द्रमान प्रधान

Read Full Discussion Thread for this article