Posted by: dipika02 April 29, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

रिट्ठे अहिले त म पनि हाँस्छु, म मात्रै होइन मेरा साथीहरु बिच रमाइलो जोक भएको थ्यो यो कुरा तर त्यो बिहानि त तर्सेर मर्नै आटेकी थिएँ। बेक्कार त्यो गणेशलाई बोलाको सपनामा, केही दिन नसके त चुप लागेर बस्नु नि त्यसरी लोप्प पनि लाउने हो भनेर रिसै उठ्याथ्यो मलाई त।


लहरे, लौ न मलाई लोप्पा त तेइ गणेशले मात्रै हो लाएको त्यो पनि सपनामा, साथी त मलाई हुँदा हुँदा पो भन्दो रहेछ बा


सिस, देख्नु भयो त ओरालो लागेको बाघ लाई बाख्राले पनि लखेट्छ भनेको त्यही हो। हुँदा हुँदा मुर्तिका गणेश ले धरी हेपेको मलाई जाबो एउटा जाच बिग्रिदा।

बिस्टे त्यसरी भुस्सुक्कै जाच बिगारे पछी कता बाट पर्नु थर्ड मा म त सातौ मा पुगें। बाबा त रिपोर्ट कार्ड ओल्टाइ पल्टाइ हेरेको हेरै गर्न पो थालनु भयो।

Last edited: 29-Apr-08 09:51 AM
Read Full Discussion Thread for this article