Posted by: dipika02 April 29, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

आज धेरै गणेशको नाम लिएको भएर एउटा कुरा याद आयो के मलाई। म ८ मा पढ्दा को हिसाब को जाच बिग्र्यो, खत्तम नै भयो। जहिले १ देखी ३ भित्र एउटामा पर्थे त्यो पाली त सोचेको जस्तो केही भएन जाचहरु। अनी रिजलट को अघिल्लो दिन देखी पिर पर्न थाल्यो भोली को दिन कसरि काट्ने भनेर। फेरि घरमा गालि गरे त हुन्थ्यो नि चित्त दुख्ने गरेर भन्ने बानि बाबा आमा दुबैको।  अनी अघिल्लो रात त मरिमेटे र गणेशको नाम लेर "हे गणेश जसरी भए पनि थर्ड भित्र चै पारीदिनु पर्‍यो" भनेको भनेकाइ गरिरहे। एउटी साथीले यही सिकाकी थि त्यसैले। पछी त सपनामा त कमलादी गणेशथान गएको देखेँ। गणेश ले त मलाई देख्ने बित्तिकै मुर्ती को हात्नै उठाएर लोप्पा पो ख्वाइदिरा। तलाई अरु बेलामा मेरो मतलब छैन काम परेपछी आउछेस। पाउलिस मेरो बरादान रे मलाई त।

सिस अनी बिस्टे आरामै हुनु हुन्छ?  राहुलदाइ नमस्कार, रिठ्ठे के को हल्ला हो?:)

Last edited: 29-Apr-08 09:30 AM
Read Full Discussion Thread for this article