Posted by: radhaupadhyaya April 28, 2008
गिरिजाज्यू अव स्वर्गलोकमा नै गएर प्रम हुने कि?
Login in to Rate this Post:     0       ?        

प्यारीकेटी,

 ओ हो !!काम पनि त प्यारो हुने गर्नु पर्यो नि प्याच्च बोलेर मात्रै हुन्छ ? ल हजुर गाँउ गाँउ मा गएर यस्तै भाषा बोलिस्यो त जनताले हजुरलाई कति माया गर्छन? अनि हामीलाई हो रे'छ भन्ने लाग्ला ।  मलाई त हजुरले निकै बुझ्ने मान्छेहोला  जस्तो लागेको थियो ।कमसेकम राजनितीको 'र '  ,देशको परिस्थितीको बारेमा बुझेको होस, अँह,  होइन रहेछ- कहाँको गाँउ पर्यो कुन्नि हजुरको  ?--गाउ समाजमा वर्गिय संबन्ध कस्तो छ?धनि र गरीवको अन्तर कस्तो छ त्यहाँ?

 माओवादीले किन जित्यो? धाक धम्किले? कि वर्गिय राजनितीले?  खै बुझ्न सकेको ?  माओवादीको शानदार विजय को मूल कारण राजनैतिक हो । होला केहि धाक धम्कि पनि (जहाँ आवस्यक छ) । पहिले कांग्रसले गुण्डागर्दी बुथ कब्जा लगायत हर उपाय लगाउथ्यो आज माओवादीले लगायो --राजनितीमा  सबै हुन्छ।

म त माओवादीको  खुलेर समर्थन गर्छु। माओवादीको  बलेको आगो को कारणले  होइन  माओवादी द्वन्दको चिरागको शुरुवात देखि नै , मेरो गाँउमा  त आज माओवादीकै कारण जमिन्दार, हली कमैया तथा रैती विचमा संबन्ध तोडियो । हिजो मालिकको उर्दी मान्ने मान्छे आज उर्दी तोड्न थाले । तल्लो जाती(कामी दमाई)लाई आदेश दिनेहरु उनीहरु संग निँहु खोज्ने हिम्मत पनि गर्न नसक्ने भए। थाहा छ हजुरलाई गाँउको अबस्था? ग्रामिण जनचेतना के हो ? 

 जन चेतना र जन सम्मान दिन सक्ने माओवादीले नजिते कस्ले जित्ने त? हेर्दै जानुस जित्ने मात्र होइन अब त उनीहरुलाई हराउन सायदै शंभव होला।

 माओवादीको उन्माद --!!!  हेर्दै जाम हिजो ब्रह्मलुट गर्नेको उन्माद र  आज जित्नेको संयमता । भविष्य हामी सबैको अगाडी हुनेछ

मानवियता??  हजुरले कुन चै मानवियताको कुरो गरिबक्सेको  ?  

 
Last edited: 29-Apr-08 12:14 AM
Read Full Discussion Thread for this article