Posted by: Nepe April 28, 2008
गिरिजाज्यू अव स्वर्गलोकमा नै गएर प्रम हुने कि?
Login in to Rate this Post:     0       ?        

Harka-jyu,

 

दूरदर्शी नै त नभनिहालम् (दूरदर्शी भएको भए खोई त कांग्रेसले चुनाव हार्ने देखेका ? सब कांग्रेसको विजय हुनेमा ढुक्क भएर बसेका होईनन् ?) तर स्वच्छ छवि भएका पनि छन् कांग्रेसमा, भला हातमा गन्न पुग्ने हुन वा नहुन् । तर यो दलिय राजनीति भनेको कुरो कस्तो भने स्वच्छ छवि भएर मात्र नपुग्ने रहेछ । कुशल संगठनकर्ता, खतरा मोल्न सक्ने योद्धा र महत्वाकांक्षी पनि हुनुपर्ने रहेछ । त्यो नहुनेको कामै छैन; त्यस्ताले नेता होईन जोगी भएर बस्नु बेस ।

 

*** *** *** *** *** ***

 

प्यारीकेटीज्यू,

 

माओवादीको त होईन माओवादीको गणतान्त्रिक एजेण्डा र मुलुकको आमुल परिवर्तन र सुधारको लागि क्रान्तिकारी तत्परताको त उहिले देखि कै समर्थक हुँ म । माओवादीको साम्यवादी दिक्षा र उदार हिंसात्मक मार्गले मात्र रोकेको हो, नत्र ता उहिले माओवादी भईसक्थें म ।

 

जहाँसम्म माओवादीले दिएको दु:खको कुरा छ, अब अहिले के देखियो भन्नुहुन्छ भने नेपाली जनता माओवादीले दिएको दु:खले भन्दा ज्यादा कांग्रेसले दिन नसकेको सुखले वाक्कब्याक्क भएका रहेछन् । अब माओवादीले पनि कांग्रेसले दिन नसक्या जस्तै गरी सुख दिन सकेनन् भने नेपाली जनता कांग्रेसमै फर्कन पनि सक्छन् । तर त्यसको सम्भावना न्यून छ मात्र भनेको हुँ मैले ।

 

जहाँसम्म धम्कीको मतको कुरा छ, निश्चय पनि त्यो तत्व थियो तर कति थियो भन्ने कुरा महत्वपूर्ण हो । जनताको बहुमत कांग्रेसलाई भोट हाल्न तम्तयार थियो, माओवादीले तर्साएर आफैलाई भोट खसाल्न लगाए भन्ने तपाईलाई लाग्छ भने तपाई ठूलो भ्रममा हुनुहुन्छ ।

 

कांग्रेसलाई भोट जाने कारणै थिएन । उहि माओवादीले दु:ख दिएकाहरुले मात्र भोट हाल्ने हो, त्यो पनि कांग्रेसलाई नै भन्ने पनि छैन । तराईमा मधेसी दलहरुले ल्याए त प्रशस्त भोट । कि त्यो पनि टेरोरिस्ट भोट नै हो ?

 

त्यसकारण प्यारीकेटीज्यू, कुरा के हो भने कांग्रेसलाई जनताले मन नपराएको कारणले नै कांग्रेसको हार भएको हो । जनताले कांग्रेसलाई मन पराउँदा पराउँदै पनि हार भएको चाही होईन । त्यसकारण कांग्रेसीहरुले माओवादीलाई सत्तोसराप गर्नु पहिले आफैलाई धिक्कार्नु पनि पर्छ । निस्पक्ष कुरा गर्ने हो भने ।

 

Nepe

Read Full Discussion Thread for this article