Posted by: Nepe April 28, 2008
गिरिजाज्यू अव स्वर्गलोकमा नै गएर प्रम हुने कि?
Login in to Rate this Post:     0       ?        

चनाज्यू,

 

सबभन्दा पहिले त यति शिष्ट र विचारसमृद्ध टिप्पणीहरु देख्दा आखैं बिझायो, साझामा बानी जो अन्यथा परेको छ । ;-)

 

नेपाली कांग्रेसको पछिल्लो कोशिसबारे तपाईको अड्कलबाजीसंग म पूर्ण सहमत छु । जे छ परिस्थिति त्यसैमा र अधिकतम लाभ जे गर्दा हुन्छ त्यसै गरेका हुन् कांग्रेसीहरुले ।

 

जहासम्म कांग्रेसको भविष्य कस्तो होला भन्ने प्रश्न छ मेरो विचारमा अब यो कांग्रेसको हातमा छैन । हातमा त छ, तर गर्नेवाला छैनन्, त्यसैले हातमा छैन नै भनिदिएको हुँ ।

 

कांग्रेस अहिले सम्म जुन रजौटाको मौजाको रुपमा रहेको छ त्यसलाई नष्ट गरेर बिल्कुलै नयाँस्वच्छ छविका अनुहारको नेतृत्वमा रहेको दलको रुपमा नवनिर्मित नभएसम्मका लागि कांग्रेसका दिन (वर्चस्व) गए अब । तत्काल (५-१० वर्ष) त्यसो हुने सम्भावना कम देख्छु म । त्यसैले अब २० वर्ष भन्नुस्, ३० वर्ष भन्नुस् त्यति समयको लागि गए दिन कांग्रेसको ।

 

कांग्रेसको दिन आउने भनेको एउटै बाटो छ त्यो हो माओवादीले उन्माद, उग्रता र मूर्खताबाट जनतालाई दु:ख दिएर वाक्क ब्याक्क पार्नु । त्यसैले कांग्रेस अब माओवादीलाई सुधार्न ओर्न तिर होईन बिग्रियोस्, गल्ती गर्दै जाओस् भनेर धुप हालेर बस्छ ।

 

माओवादीबाट सकेसम्म बढी गल्ती गराएर त्यसको फाईदा लिने रणनीति शान्तिप्रक्रियामा पनि भएको छ, यद्यपि ती कुरा फरक बहाना र सन्दर्भमा गराईएको छ । वृहद शान्ति सम्झौताको वार्ताकालमा प्रचण्डले तत्काल गणतन्त्र घोषणाको शर्तमा माओवादी सेना र हतियार विघटन गर्ने गरी राखेको प्रस्तावलाई अस्वीकार गरी माओवादीलाई अर्ध-सशस्त्र (cantonment को अवस्था) राख्ने कार्य अरु कुरा संगसंगै माओवादीको हतियारधारी छवि र त्यसको आधारमा हुन सक्ने गल्तिहरु कायम राख्ने रणनीतिले पनि प्रभावित छ । नेपाली सेना राजाप्रति वफादार/सहानुभूतिशिल भएकोले गणतन्त्र घोषणा असम्भव/कठीन भन्ने कुरा बहाना धेरै हो, कारण कम हो । सेनाले सातदललाई वफादारी हस्तान्तरण गरेको उहिले हो र सात दलले गरेको निर्णयलाई सेनाले अस्वीकार गर्ने चान्सै थिएन । थियो त केवल प्रायोजित प्रोपागाण्डा ।

 

जे भए पनि, कांग्रेसको त्यो चालले काम गरेको चाही हो । माओवादीले cantonment को हतियारको छायामा निकै उन्माद देखाएका पनि हुन्, त्रुटीहरु गर्ने काम जारी राखेका पनि हुन् । तर विडम्वना, उनिहरुको सकारात्मक पक्ष नै हाबी भयो अन्तिम ट्याममा आएर ।

 

अब जनता माओवादीसंग वाक्कब्याक्क भएर कांग्रेसलाई खोज्न जानको लागि त माओवादीले अकल्पनिय गल्तीहरु गर्नुपर्नेछ । गर्लान् त ?

 

मलाई त्यो अकल्पनिय लाग्छ । माओवादीले अलिअलि हात चाटे नै पनि यदि केही मह काढेको देखाए भने जनता खुश्शी भएर धन्यवाद दिने भन्या जस्तो स्थिति बनाईदिएका छन् अरु दलहरुले विगत १६-१७ वर्षमा । के खाएर अकल्पनिय गल्तीहरु गर्न जान्थे ?

 

त्यसैले कांग्रेसका दिन अब केही दशकलाई विदामा बसे जस्तो लाग्छ मलाई ।

 

Nepe

Read Full Discussion Thread for this article