Posted by: OcRam April 28, 2008
Baban Singh Vs Prachanda
Login in to Rate this Post:     0       ?        

Nepal Magazine ko article sarai maan paryo hai malai. So copy paste gareko. Artical from Suresh Kiran in Nepal Magazine.

संविधानसभाको चुनावमा एमालेका महासचिवजस्तो हस्तीले रौतहटबाट हारे । त्यही रौतहटबाट बबन सिंहजस्ता 'मोस्ट वान्टेड'ले जिते । एमालेका महासचिवले जित्न नसकेको ठाउ“बाट बबन सिंहले जिते । के एमाले महासचिवको हैसियत बबन सिंहको जति पनि छैन -

सबैलाई थाहा छ, बबन सिंह सरकारले खोजिरहेका अभियुक्त हुन् । उनलाई खोजिरहेको सरकारी निकाय हो, गृह मन्त्रालय । तर, के गर्नु गृह मन्त्रालय चलाउने मन्त्रीले नै चुनाव हारे । तर, उही गृहमन्त्रीले खोजिरहेको बबन सिंहले भने जिते । गृहमन्त्री त भन्नुहुन्थ्यो, "देशको गृहप्रशासन ठीक छ ।" ठीक भए यो के भएको - गृहमन्त्री आफ“ै हार्ने अनि गृहले खोजिरहेका अपराधीले चाहि“ जित्ने -

गृहमन्त्री मात्र होइन, यसपालि भूतपर्ूव गृहमन्त्रीहरू पनि कोही जितेनन् । जस्तो, र्सवश्री वामदेव गौतम, खड्गप्रसाद ओली, पर्ूण्ाबहादुर खड्का, खुमबहादुर खड्का, गोविन्दराज जोशी इत्यादि । बरु यी जम्मै पर्ूवगृहमन्त्रीहरूलाई चकित पार्ने गरी जिते श्री बबन सिंहले । काठमाडौ“-१ मा प्रकाशमान सिंहले जितेर प्रदीप नेपाल चकित छन्, रौतहट-१ मा बबन सिंहले जितेर माधव नेपाल चकित छन् । दुवै मिलाएर भन्नुपर्दा पूरा नेपाली नै चकित छन् ।

बबन सिंह प्रहरीको दृष्टिमा 'मोस्ट वान्टेड' अपराधी हुन् । एउटा मोस्ट वान्टेडले चुनाव जित्नु आफै“मा अनौठो छ । त्यसो त कुनैबेला माओवादीका अध्यक्ष प्रचण्ड पनि यो देशको 'मोस्ट वान्टेड' हुनुहुन्थ्यो । उहा“को टाउकोमाथि लाखौ“ रुपिया“को इनाम पनि राखिएको थियो । उतिबेला प्रचण्ड प्रहरीको मोस्ट वान्टेड हुनुहुन्थ्यो, अहिले जनताको 'मोस्ट वान्टेड' हुनुभएको छ । मोस्ट वान्टेड प्रचण्डले चुनाव जित्नुहुन्छ भने त्यस्तै मोस्ट वान्टेड बबन सिंहले जित्न किन नहुने -

Read Full Discussion Thread for this article