Posted by: CaMoFLaGeD April 28, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

यसपाली हाम्रो चौतारी फलोस-फुलोस समितीका अध्यक्ष श्री जिम्माल बाले बोर्ड फर्स्टको पुरस्कार सबैभन्दा टुप्पामा लेखेर सबैभन्दा फर्स्ट भएका सबैका प्यारा, सबैले माया गर्ने, सबैले भलो चिताउने कुम्लेलाई दिइएको कुरा अघि भर्खर ख्वाक ख्वाक गर्दै भन्नुभएको कुरा हाम्रै कानले सुनेको कुरा यहाँ निवेदन गरिन्छ! 

लोल! क्या गाह्रो बनाउने भन्या हौ चेली बहिनी र दिपिका बहिनी!! यो बिचरा कुम्ले दाईलाई चौतारीमा भ्याउसिन मनाउन नि नदिने कि कसो? हे हे हे!! हैन त्यो समुन्द्रको पानी जत्ति सबै उहि कोशी, गन्डकी र कर्णालीबाटै आएको हो! त्यो पर टलल टल्केको चाँहि कोशीको अनि यता निलो देखिएको चाँहि गन्डकी र कर्णालीको! अनि यो बालुवा चाँहि कोशीले निकालेको बालुवा! त्यो नरिवलको बोट चाँहि हाम्रो रिट्ठेको बिराटनगरको घरबाट सानो हुँदा नै सारेर यहाँ रोपेको!

लु लु अब "आहा! कत्ति राम्रो चौतारी!" भन भन दुबै जनाले!! लोल!!

डर मर्दै छ हुन पनि! दुबै जना खतरनाक कथाकार छन् क्यारे अझ चेली बहिनी त गाना नि लेख्छिन्! यसैलाई बिषय बस्तु बनाएर कथा अनि गाना लेखे भने मेरो बिजोग हुने भयो!

नरिसाओ न हौ नरिसाओ!!

लु हाउँरो जिम्माल बा खोइ? चाइन्जो लाएर एउफेर अर्को घोसना अर्न परो! सबै चौतारीबासीहरु पिउनिउ मनाम्न चाइन्जो फुलोरिडा जाने भनेर भन्न परो! अन्खेरुन मात्र यी बहिनीहरु खुसी होलान् जस्तो भओ!

Read Full Discussion Thread for this article