Posted by: cheli April 28, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

नाईं नाईं मलाई यो चौतारी त चित्तै बुझेन!! माफ पाउँ है कुम्ले दाइ हजुरलाई केही भन्न खोज्या होइन । तर चौतारी त नेपालमा पो हुन्छ त, अनि हाम्रो नेपाल मा समुन्द्र नै छैन नि!! बरु माछापुच्छ्रेको छायाँ परेको, फेवा तालको छेउमा बनाम् चौतारी, होइन भने, कोशी नदीको तटमा बनाए नि हुन्छ, हाम्रो आँखालाई त कोशी नि समुन्द्र जत्तिकै हो, आँखाले नभ्याउन्जेल सम्म, पानी नै पानी देखिन्छ कोशीमा पनि ।

तर यो गोवा तिर को जस्तो लाग्ने रुख मुनि, त्यो हाम्रो चौतारीको शीतलता कहाँ पाउन सकिएला र ?? फेरि चौतारी त वर -पीपल को पो राम्रो, नरिवल को नि चौतारी हुन्छ ??

Last edited: 28-Apr-08 03:43 PM
Read Full Discussion Thread for this article