Posted by: samaeBajii April 28, 2008
राजतन्त्रको उन्मूलन ः कहा“, कसरी -
Login in to Rate this Post:     0       ?        
From Nepal:

िश्वमा राजतन्त्रको उन्मूलन तीव्र गतिमा भइरहेको छ । अहिले राजतन्त्रात्मक मुलुकहरूको सङ्ख्या २८ मात्र छ । नेपालले निकट भविष्यमै गणतान्त्रिक फड्को मार्न लागेकाले एउटा सङ्ख्या अझै झर्दैछ ।

खासगरी दोस्रो विश्वयुद्धपछि धेरै राजतन्त्रात्मक मुलुकहरू गणतन्त्रमा परण्िात भएका हुन् । पर्ूर्वी युरोपका बुल्गेरयिा, अल्बानिया, रोमानिया र युगोस्लाभिया राजाको हातबाट साम्यवादीहरूको कब्जामा गयो । बुल्गेरयिा युद्धको अन्त्यतिर रुसी सेनाको नियन्त्रणमा गयो । त्यसबेला सिमोन -द्वितीय) त्यहा“का राजा थिए । जार बोरसि -तृतीय)का छोरा सन् १९४३ अगस्त २८ मा गद्दीमा बसे । प्रिन्स किरलि तथा अन्य दरबारयिाहरू पक्राउ परसिक्दा पनि राजा सिमोन, रानी गियोभाना र बहिनी मारयिा लुइसा राजधानी सोफियानजिक भ्रानाको दरबारमा थिए । कम्युनिस्टहरूको सरकार गठन भइसकेको थियो । सोही सरकारले राजतन्त्रको भविष्यको फैसला गर्न १९४६ सेप्टेम्बर १५ मा जनमतसङ्ग्रह गरायो । ९७ प्रतिशतले राजतन्त्रको विपक्षमा मतदान गरे । चुनावको अन्तिम नतिजा घोषणा गरएिकै दिन सेप्टेम्बर १६ मा राजा परविारसहित इजिप्ट गए । यसरी त्यहा“ राजतन्त्रको उन्मूलन भयो ।

उता, अल्बानिया सन् १९४४ मा जर्मनीबाट मुक्त भयो । कम्युनिस्ट नेता अनवर होक्जाको नेतृत्वमा क्रान्तिकारी सरकार गठन भयो । १९४५ डिसेम्बर २ मा संविधान परष्िाद्का लागि निर्वाचन भयो । कम्युनिस्टहरूले अत्यधिक मात्रामा जिते । लगत्तै १९४६ जनवरीमा परष्िाद्को बैठकले १९३९ मा फालिएर १९४३ मा पुनः राजगद्दीमा बसेका जोगलाई मात्र अपदस्थ गरेन, राजतन्त्रकै उन्मूलन गरी गणतन्त्र स्थापना भएको घोषणा गरििदयो ।

त्यस्तै कम्युनिस्टहरू सत्तामा पुगिसकेको रोमानियामा पनि सन् १९४६ नोभेम्बरमा संसदीय चुनाव गराइयो । कम्युनिस्टहरूले जितेपछि राजा मिचेल -प्रथम)माथि अत्यधिक दबाब पर्‍यो । अन्ततः १९४७ डिसेम्बर ३० मा उनी पदत्याग गर्न बाध्य भए । त्यसैदिन बसेको संसद्को बैठकले मुलुक गणतन्त्रमा परण्िात भएको घोषणा गर्‍यो । अपदस्थ राजा विदेश पलायन भए । मार्सल ब्रोज टिटोको नेतृत्वमा क्रान्ति सफल भएको युगोस्लाभियामा पनि सन् १९४५ नोभेम्बर २५ मा राजतन्त्र उन्मूलन गरएिको थियो । त्यहा“का अन्तिम राजा पिटर -द्वितीय)लाई संविधानसभाबाटै हटाइएको थियो । गैरकम्युनिस्ट मुलुक ट्युनिसियाले पनि संविधानसभामार्फ नै राजतन्त्रको उन्मूलन गरेको हो । १० दिनअघि नजरबन्दमा परेका अन्तिम राजा मुहम्मद -आठौ“) अल अमिनलाई १९५७ जुलाई २५ मा पदमुक्त गरएिको थियो ।

समाजवादी मुलुकहरू भियतनाम, यमन, इथियोपिया र लाओसले चाहि“ राजतन्त्रलाई बल प्रयोग गरेर हटाएका हुन् । भियतनामी सम्राट बाओ डाइत सन् १९४५ मा, लाओसी राजा सामाङ्ग सिसाभाङ् भाठन्ना १९७५ डिसेम्बरमा, इथियोपियाली सम्रँट अम्हा सेलासी १९७५ मार्चमा र यमनी राजा मुहम्मद अल बदर १९६२ सेप्टेम्बरमा कम्युनिस्टहरूले नेतृत्व गरेको क्रान्तिकै दौरान फालिएका थिए । राजतन्त्र उन्मूलनपछि यी मुलुकहरूमा समाजवादी गणतान्त्रिक शासन लागू गरएिको थियो । लाओसी राजा सामाङ् त जेलसमेत परेका थिए । ग्रीस, इटाली र माल्दिभ्सको राजतन्त्रको ठेगान भने जनमतसङ्ग्रहमार्फ गरएिको थियो । १९७३ मा ग्रीसमा गरएिको जनमतसङ्ग्रहमा ५४ प्रतिशतले राजतन्त्रका विपक्षमा मतदान गरेका थिए । त्यहा“ कोन्स्टान्टिन -द्वितीय)को शासन थियो  ।

इटालीमा पनि सन् १९४६ जुनमा जनमतसङ्ग्रह र संविधान परष्िाद्को चुनाव एकैदिन गराइएको थियो । जनमतसङ्ग्रहमा १ करोड ७ लाख मतका विरुद्ध १ करोड १७ लाख जनताले राजतन्त्रको विपक्षमा मतदान गरेपछि राजतन्त्रलाई सदाका लागि बिदा गरएिको थियो । इटलीमा त्यसबेला प्रिन्स उम्बर्र्टोको शासन थियो । उनी ३३ दिनअघि मात्र गद्दीमा बसेका थिए ।

त्यस्तै दक्षिण एसियाली मुलुक माल्दिभ्समा पनि राजतन्त्रको भविष्य निर्धारण गर्न १९६८ मार्च १५ मा जनमतसङ्ग्रहको मद्दत लिइएको थियो । त्यहा“ सुल्तान मुहम्मद फरदि दिदीको शासन थियो  । यद्यपि, फरदि निर्वाचित सुल्तान थिए । तापनि चुनावको नतिजा राजतन्त्रका विपक्षमा गयो । माल्दिभ्स गणतन्त्र बन्यो । इजिप्ट, इरान, इराक र जान्जवारको राजतन्त्र क्रान्तिमार्फ अन्त्य गरएिको थियो । इजिप्टमा सन् १९५२ मा भएको राज्यक्रान्तिका दौरान सैनिक अधिकृत तथा क्रान्तिका नेता मुहम्मद नगीबको निर्देशनमा सेनाले राजदरबारमाथि धावा बोलेपछि राजा फारुख -प्रथम) गद्दी त्याग्न विवश भएका थिए । यद्यपि, औपचारकि रूपमा १ सय ५० वर्षलामो मुहम्मद अली राजवंशको पतन भएको र गणतन्त्र स्थापना भएको घोषणा क्रान्तिकारी सरकारले १९५३ जुन १८ मा मात्र गरेको थियो ।

इरानमा भने १९७९ को इस्लामिक क्रान्ति सफलतातर्फअग्रसर भएपछि साह रेजा पहल्वी र उनका परविार फेब्रुअरी ११ को राती नै देश छाडेर भागेका थिए । त्यस्तै सयिद सर जाम्सिद विन अब्दुल्लाह अल सइद पनि अप्रिmकी मुलुक जान्जवारका अन्तिम सुल्तान बन्न पुगेका थिए । १९६३ मा बेलायतबाट स्वतन्त्र भएपछि संवैधानिक राजा बनेका उनी १९६४ जनवरीमा भएको क्रान्तिबाट फालिएका थिए र बेलायत भागेका थिए ।

इराकमा पनि सन् १९५८ मा भएको क्रान्तिमार्फ राजा फैजल -द्वितीय) मात्र होइन, राजतन्त्रकै उन्मूलन गरएिको थियो । अफगानिस्तान, रुवान्डा, बुरुन्डी, युगान्डा, लिबिया र मध्य अप्रिmकी गणतन्त्रका अन्तिम राजाहरू र राजतन्त्र भने सैनिक 'कू'बाट उन्मूलन गरएिको थियो । अफगानिस्तानका राजा जाहिर शाह स्वास्थ्योपचार्रार्थ इटली गइराखेको र रुवान्डाका राजा किगेली भी न्डाहिन्डुवी तत्कालीन राष्ट्रसङ्घीय महासचिव ड्याग ह्यामरशोल्डलाई भेट्न कङ्गोको राजधानी किन्सासा गइराखेको समय पारेर सैनिक नेताहरू क्रमशः जनरल दाउद र डोमिनिक म्बोन्युमुत्वाले उनीहरूविरुद्ध 'कू' गरेका हुन् । क्रमशः १९७३ र १९६१ मा भएको सैनिक व्रि्रोहपछि ती दुवै देशमा राष्ट्रपतीय शासन लागू गरएिको थियो ।

जाहिर शाह इटलीमा २१ वर्षनिर्वासित जीवन बिताएर सन् २००२ मा मात्र स्वदेश र्फकन सके । उता, किगेलीले भने फेर िआफ्नो भूमि टेक्न पाएका छैनन् । उनी तान्जानिया, केन्या, युगान्डा हु“दै अमेरकिा भासिए । यतिखेर उनी अमेरकिामै छन् । बुगान्डाका राजा एर्डवर्ड मुतेसा -द्वितीय) १९६६ मा युगान्डाका मिल्टन ओबोटेबाट अपदस्थ भए । राजा अपदस्थ भएको तीन महिनापछि बुगान्डाको संसद्  ले युगान्डामा मिसिएको घोषणा गर्‍यो । तर, यी दुवै घटनालाई मान्न मुतेसाले अस्वीकार गरेका कारण युगान्डाको सेनाले मुतेसा बस्ने गरेको राजदरबारमाथि आक्रमण गर्‍यो । मुतेसा भागेर बेलायत पुगेपछि युगान्डा गणतन्त्रमा परिणत भयो ।

लिबियामा पनि सन् १९६९ मा सैयद मुहम्मद इद्रिस विन सैयद मुहम्मद अल माहदी अल सेनुसीको शासन थियो । उनी ग्रीसको भ्रमणमा गइराखेको मौका छोपेर कर्र्णोल मौमर अल कदाफीले व्रि्रँेह गरे । र, राजतन्त्रको उन्मूलन गरििदए । दोस्रो विश्वयुद्धपछि राजतन्त्रको अन्त्य भएको मुलुकमा हामीस“ग सिमा जोडिएको सिक्किम पनि पर्छ । सन् १९७५ मा सिक्किमका चोग्याल -राजा) पाल्देन थोल्डुप नामग्यालको शासन मात्र सिद्धिएन, त्यो सानो देशलाई भारतमै विलिन गरयिो । अहिलेसम्म राजतन्त्र टिकेका मुलुकहरूमा पनि पटकपटक स्वेच्छा वा जबरजस्ती राजारानीहरू पदबाट अपदस्थ गरएिका छन् । उदाहरणका निम्ति बेल्जियम, ब्रुनाई, कम्ब्ँोडिया, जोर्डन, लेसोथो, लक्जेर्म्बर्ग, मोरोक्को, नेदरल्यान्ड, कतार, सउदी अरब, स्पेन, डेनमार्क आदिलाई लिन सकिन्छ  । राजतन्त्रको उन्मूलनपछि पदच्यूत राजाले राजनीति गरेर सरकार चलाएको उदाहरण भने बुल्गेरयिा मात्र हो । उनी ५५ वर्षछि त्यहा“को निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

Read Full Discussion Thread for this article