Posted by: axara April 28, 2008
Initiative ko udaharan
Login in to Rate this Post:     0       ?        

पत्रमित्रताको कमाल

धनकुटाको एक विद्यालयका विद्यार्थीले विदेशी साथीस“गको पत्रमित्रताकै माध्यमबाट नमुना खेल मैदान बनाएका छन् । सदरमुकामबाट करबि ४० किलोमिटर दूरीमा रहेको ग्रामीण जनता माविका विद्यार्थीले यसरी बेलायतको एक स्कुलका विद्यार्थीको सहयोगबाट आधुनिक खेल मैदान बनाएका हुन् । विद्यार्थी मिलन लिम्बूका अनुसार, खेल मैदानका लागि कतैबाट सहयोग नपाएपछि विदेशी विद्यार्थीस“ग पत्रमित्रता गरेर सहयोग मागिएको हो ।

नेपाली विद्यार्थीको दुःखेसो सुनेर बेलायती विद्यार्थीहरूले एक महिनासम्म कार सफा गरेर तीन लाख रुपिया“ रकम सङ्कलन गरेका थिए । विदेशी विद्यार्थीले निकै दुःख र श्रम गरेर रकम तथा आवश्यक खेल सामग्री पठाइदिएको विद्यालयका पर्ूवप्रधानाध्यापक हर्क लामा बताउ“छन् ।

प्रधानाध्यापक टङ्क भुजेलका अनुसार मैदानमा भलिबल, बास्केटबल, टेबलटेनिस आदि खेल्न सकिन्छ । विगतमा हुलाकबाट पत्र पठाएर मित्र बनाउने विद्यार्थीहरू अहिले विद्यालयबाटै इमेलमार्फत विदेशी मित्रहरूस“ग सर्म्पर्क स्थापित गररिहेका छन् ।

रमेशचन्द्र अधिकारी/नाम्जे

from NEPAL (http://www.kantipuronline.com/Nepal/ankhijhal.php)

Read Full Discussion Thread for this article