Posted by: sumedhu April 26, 2008
Baburam and Prachanda
Login in to Rate this Post:     0       ?        
प्रचण्ड र बाबुरामको निकटता देखावटी हो । हालसम्म नयाबजारको एउटै घरमा बस्दै आएका बाबुरामलाई अब भने त्यहाँबाट हटाएर वर्षामान पुनसंग बस्न लगाइँदैछ । माओवादी संगठनमा सबैभन्दा पढेलेखेका ब्रिलियण्ट माइन्ड भए पनि बाबुरामलाई आवश्यक परेको र पार्टीलाई बुद्दीजीवी मुखौडा देखाउन परेको बेलामा मात्र ठाउँ दिइन्छ जस्तो कि अस्ति इयान मार्टीन र राजदूतहरूसंग भेट्न पर्ने बेलामा। तर धेरैजसो माओवादी नेतरत्वले बाबुरामको पढाइले बनेको वयक्तित्व, बौद्दिकता अनि बाबुराम माथि ईण्डियनहरूको भरोसाका कारण ईर्ष्या गर्ने गर्छन । त्यही कारण भित्ते राष्ट्रपतिको रूपमा चिनिएका प्रचण्ड भित्ताबाट ओर्लिएर भावी प्रधानमन्त्रीको रूपमा बहुप्रचारित बाबुरामलाई पञ्छाएर प्रधानमन्त्री बन्न एउटा खुट्टा उचालेका छन् । यसो गर्न प्रचण्डको योजनालाई अन्जाम दिने काम भने माओवादीको चण्डाल चौकडी:   मोहन वैद्य, रामबहादुर थापा, सिपी गजूरेल र स्वयं प्रचण्डले गरेका छन् । जे होस् माओवादी जस्तो लडभिड मात्र सही काम हो भन्ने विश्वासले काम गर्ने पार्टीमा डा बाबुरामको हैसियत प्रचण्डको बडिगार्ड बन्न पुगेकोमा बुद्दिजीवीहरू सहानुभूतिशील भने हुनै पर्छ जस्तो लाग्छ । २०२६ सालको एसएलसी बोर्ड फर्स्ट अनि एउटा कुशल इञ्जिनियर र पि एच डी गरेको विद्वत व्यक्ति डाक्टर बाबुराम कहिलै खुशी भएर हाँस्न पनि नसकेको देख्दा उनको मनभित्रको हुटहुटी अनुमान गर्न मात्र सकिन्छ । बरू यिनकी नेवार पत्नि हिसिलाले भने , जलस्रोत र खानेपानी मन्त्री हुनुको फाइदा लिन जानेकि रैछन किनभने  राजा महेन्द्रका मन्त्री धर्मरत्न यमीका ९ वटी छोरी मध्येकी गोर्खाको भट्टराई बाहुनलाई रोजेर छलाङ  मारेकी यिनले आफ्ना मन्त्रालयमा इष्टमित्र दिदी बहिनी , भिनाजु, भतिजा, भतिजी सबैलाई भरेर नेपालमा जनवादी गणतन्त्रको नमूना पेश गरिसकिन् भन्ने कुरा पत्रपत्रिकाले धेरैपटक लेखिसकेका छन् ।
Read Full Discussion Thread for this article