Posted by: swarnim April 24, 2008
नँया राजदुतहरु?
Login in to Rate this Post:     0       ?        

देशको राजनैतिक परिवर्तन र जनादेशलाई कदर गर्दै राजनैतिक नियुक्‍ति
पाएका राजदुतहरुले पनि नैतिकताका आधारमा राजीनामा दिनपर्ने हैन
 र भन्‍या? अमेरिका र बेलायत लगायतका राजदुत पदमा ताक्‍नेहरु धेरै होलान
तर नँया सरकारले सोची विचारी मात्र नियुक्‍ति दिनपर्छ। मिलिटेरी
सहचारीको वाहियात फजुलखर्ची र अनुत्‍पादक पदलाई पनि
राजतंत्र सगै विदा दिन आवश्‍यक छ। नेपालका विदेश मिसन
लाई नँया नेपालको दिशामा पुन सरंचना गरिनुपर्छ।

नँया नेपालको सिर्जनामा माओवादीले नेतृत्‍व गर्ने
सरकारले अहिले सम्‍म चलिआएको स्‍थापित राजतंत्रपक्षी र नेतामुखी
परम्‍परालाई जरैदेखि उखेलेर देशहिताय यस दिशामा दरिलो कदम चाल्‍ने 
छन भन्‍ने अपेक्षा गरौ। नत्र भए माओवादी र खाओवादीमा
के फरक?



Read Full Discussion Thread for this article