Posted by: pops April 23, 2008
YCL' beat up teachers, locals
Login in to Rate this Post:     0       ?        
भोट नदिएको आरोपमा सुकुम्बासी कुटिए

प्रकाश पन्थी/नयाँ पत्रिका
2008-04-24,Thursday


कपिलवस्तु, ११ वैशाख
चुनावमा भोट नदिएको झोकमा कांग्रेस कायकर्ताले वाणगंगा गाविस-४ तेनैयामा तीनजना सुकुम्बासीलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका छन् । कांग्रेसका सक्रिय कार्यकर्ता शम्भु चौधरी र आफूलाई वन समितिको उपाध्यक्ष बताउने जंगबहादुर यादवलगायतको आक्रमणमा तीनजना सुकुम्बासी सख्त घाइते भएका छन् । चार-पाँचवटा मोटरसाइकलमा आएको समूह बिहीबार राति ९ बजेतिर गाउँमा पसेको थियो । वन तस्करी नियन्त्रण गर्न आएको भन्दै उनीहरू एकाएक घरभित्र पसेर कुटपिट सुरु गरेको स्थानीय सुन्दर चौधरीले बताए । उनीहरूको कुटाइबाट घाइते हुनेमा वार्ड नं. ५ लखनपाराका ४० वषर्ीय गोले थारू, वार्ड नं. ४ कुनैयाका २४ वषर्ीय प्रेम चौधरी र गजेहडा गाविस धनकौलीका बमबहादुर चौधरी रहेका छन् ।

स्थानीयवासीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कपिलवस्तु क्षेत्र नं. १ बाट संविधानसभा सदस्य निर्वाचित दीपकुमार उपाध्यायको प्रत्यक्ष निर्देशनमा आक्रमण गरिएको दाबी गरेका छन् । सो घटनाको विषयमा जानकारीका लागि घटनास्थल पुग्ोका अखिल नेपाल सुकुम्बासी संगठनका केन्द्रीय सदस्य डा. जेबी शाहका अनुसार दीपकुमारलाई भोट नदिनेलाई छाड्दैनौ भन्दै कुटपिट गरेका थिए । प्रहरी कार्यालय पिपराका अनुसार कुटपिट गर्नेहरूले अत्याधिक मदिरा सेवन गरेका थिए । घटनालगत्तै सो क्षेत्रमा अनुसन्धान तीव्र पारिएको छ । स्थानीय पीडितले भने प्रहरीले उल्टै आरोपितलाई संरक्षण गरेको र कुनै पीडितलाई सहयोग नपुर्‍याएको बताएका छन् ।

Read Full Discussion Thread for this article