सुकिर्ती एकदम रिसाई।....
प्रकासले आफैलाई हेर्यो र अरु केही भनेन। तर मन उस्को बिरक्तियो। उस्ले बोकेको तरबारमा जता पट्टी धार थ्यो त्यो सुकिर्ती तिर थ्यो धार नभए पट्टी उस्ले आफुलाई राखेको त थ्यो तर त्यो नदेखिने अर्को तरबारको धार आफु तिर फर्केको अनुभबमा होला सायद "धारमा पर्यो जिन्दगी" भन्दै गुनासो गर्थ्यो।
अब सुकिर्तीलाई आफुले प्रस्न गरे पछि उस्ले पनि प्रस्न नगर्ली भन्ने छैन। गर्ने त अधिकार पनि हो उस्को। सुकिर्तीले केही गल्ती गरेकी छ कि छैन त्यस्को एकिन उ सँग छैन तर उस्ले जे गरेको छ त्यस्को एकिन छ। दोषि को? यस्मा बिबाद थिएन। "को को?" मा सायद थियो पनि तर उस्को हदमा थिएन। उस्ले बुझेको थ्यो। तर बुझाई अस्थाई थियो। त्यो अस्थाई बुझाईले समस्याको डढेलोमा बतास बोलाई बोलाई ल्याउँथ्यो।
"अब उहाँ फर्किने रे" एक दिनमा लन्चमा उ कमलाकहाँ पुगेको बेला उस्ले भनी।
"तिन महिना भन्या हैन त?" प्रकासले सोध्यो।
"त्यस्तै भन्या जस्तो लाग्छ, हैन रे" उस्ले भनी।
"अनि अब के हुन्छ?" प्रकासले सोध्यो।
"कस्तो के?" उस्ले सोधी।
प्रकास यति बेला भ्रमित जस्तो भयो।
"उहाँ उहाँ, तपाई तपाई मैले के गर्न सक्छु?" उस्ले उदास भएर भनी।
यसो गर्ने भन्ने प्रस्ताब त प्रकास सँग पनि थिएन।
साँझ घर उही उदासीमा प्रकास पुग्यो। पुग्ना साथ सुकिर्तीले ढोका लगाएर सोधी "तिम्रो त्यो घरमा निक्कै आवत जावत छ रे नी?"
"कुन घर?" बिना बादल चट्याङ्ग पर्या जस्तो भो उस्लाई।
"कुन घर अब? तिम्रै घर! के को आबज जाबत हो?" सुकिर्तीको आबाज कठोर थ्यो।
"कस्ले भन्यो जे पायो त्यो?" प्रकासले आफुलाई सकेसम्म नियन्त्रण गर्यो।
"कस्ले भन्यो सँग के मतलब? " सुकिर्तीले सोधी।
"तिमीले नै त्यो घर खाली गराउ भन्या हैन? अनि त्यहाँ नगै आफै खालि हुन्छ? तात्तोनछारो सँग अर्कालाई दोष यत्तिकै" उस्ले पनि स्वर बढाएर भन्यो। दबेको स्वरले पराजय संकेत गर्न सक्थ्यो।
"को को छ त्यो घराँ?" सुकिर्तीले प्रकासको आँखामा हेरेर सोधी।
"भन्या हैन अस्ति नै -- लोग्ने स्वास्नी बस्ने --लोग्ने चै बाहिर गा छ भनेर --अब आउने बेला भयो रे" प्रकासले सुनायो। मन बेतोडले उफ्रिदैथ्यो उस्को।
सुकिर्तीले बाण जस्ता हेराईले उस्लाई वार पार गरी तर अरु केही भनीन र एउटा फुँकार सँगै बाहिर निस्की।
प्रकासलाई केही राहत त भयो तर त्यो राहत निरिह थ्यो। सुकिर्ती उ सँग राम्रो सँग बोलेकी थिईन उस्ले पनि जिस्काएन।
भोली पल्ट अफिस जाँदा जाँदै कमलालाई उस्ले हिँजो सुकिर्ती रिसाएकी कुरा सुनायो। कमलाले तर उस्लाई घरमा आउन निम्ता दिई। उस्ले आउन नसक्ने बतायो। कमलाले अनुरोध दोहोर्याई।
दिन भरी दिमाग उस्को घुमी रह्यो। प्रकासले के गर्ने के नगर्नेको आगोमा आफुलाई पाईरह्यो।
"के भो गुरु? हनिमुन सकियो?" एउटा ब्वाँसोले सोध्यो।
प्रकासलाई आज कसै सँग बोल्न मन थिएन। "उस्ले के गर्यो?" उ यसैमा अल्झेको थ्यो। उस्ले आफ्नो बाउलाई सम्झियो। बालाजुकि आईमाईलाई पनि। घरमा आमालाई पनि सम्झियो। सुकिर्तीलाई सम्झियो, कमलालाई पनि।
काम सकिए पनि आज उस्लाई कतै जान मन थिएन। काम नसकिए हुन्थ्यो --साँझ नपरे हुन्थ्यो। प्रकास गुन्दै थियो। तर एक्लै अफिसमा बसीरहने कुरा थिएन। अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो। मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो।