Posted by: Deep April 23, 2008
घर
Login in to Rate this Post:     0       ?        

"किन तिर्नु पर्दैन?" उस्ले सोधी। .......

 कुरा घर भाडावाट सुरु भयो। कमलाका अनुहारमा पहिले जस्तो फुल फुलेका थिएनन अहिले। प्रकास मलजल गर्दै थियो। कुरा अहिले डेरा भाडामा थिएनन। अन्तै पुगीसकेका थिए। बाटो चिप्लो थियो, दुईटै चिप्लिदै थिए पनि फर्किने सुरमा दुईटै थिएनन। जति बेला बिश्राम गरे अनि अनुभब भयो यात्रा कति डरलाग्दो गरेछन।

 

अर्को दिन प्रकास बिहानै दक्षिणकाली पुग्यो। भाले किनीकन चढायो। दिन भरी नै मुक्त बन्दी झै भयो। मोबाईल बन्द गर्यो। समय उल्टाउने निरर्थक उपायमा बल्झियो।  साँझ पर्दै आउँदा सिक्रि छिनाएर फुकेको भोटे कुकुर जस्तो भयो फेरी। फेरी कमला कहाँ पुग्यो।

 

समय एकै छिन स्थिर भयो त्यहाँ फेरी यति छिटो चल्न थाल्यो कि दुबैले हेक्का राख्न छोडीदिए।

 

भोली सुकिर्ती फर्किने कुरा प्रकासले सुनायो। कमला उदास भै। प्रकास रोमान्चित त्रसित दुईटै भयो। उस्लाई के हुन थालेको थ्यो उसैले बुझेको थिएन। उस्का हरेक कृयाकलापलाई एउटा एउटा निउँमा रुजु गराउन थालेको थ्यो। आफ्नो चालचलनमा आएको फरकको दोष सुकिर्तीलाई जिम्मा लगाउँथ्यो। मनमा लागेको डढेलोलाई उस्ले तर निभाउन सकेको थिएन। जहाँ निभ्यो भन्ने सोच्थ्यो त्यहा भुतभुते बाँकि नै हुन्थ्यो। हाबाको सानो लहर चाहिन्थ्यो, आगो सल्किन्थ्यो।

 

सुकिर्ती पनि दंग थिई जब फर्केर आई। जोमसोममा एकदम रमाईलो भयो भनी। "तिमी नभएर मलाई चै सार्है सुन्ने भो" प्रकासले भन्यो। "तिमीलाई पनि हिन भनेकै हो" सुकिर्तीले भनी। "अब अर्को चोटी जान्छु" उस्ले भन्यो।

 

डेरावाल दाईको घरमा सर्ने कुरा सुनायो। सुकिर्ती खुसी भै घर सर्ने कुरामा। त्यो खुसी प्रकासले साँझ छिप्पिदै जाँदा भजाउने सुर मनमा कस्यो।

 

काममा थ्यो कमलाको फोन आयो। "भरे चिया खान आउनुस है" उस्ले निम्ता दिई। "चिया!" प्रकास दंग पर्यो।

 

कमलाकहाँ जाँदै गर्दा उस्ले आफैले आफैलाई सोध्यो "आखिर मैले गर्न खोज्या के?" त्यस्को जबाफ भरे भरे दिने बिचार गर्यो पुग्यो चियाको निम्ता आएको घरमा। साँच्चिनै त्यो घर आखिर उसैको हो।

 

त्यसरी चियाको बन्दोबस्त उस्ले या निम्तामा नभए अनुनयमा भए पनि उस्ले गरीरह्यो।

 

एक दिन जोमसोमका फोटोहरु हेर्दा उस्ले स्वर्णीमलाई पनि देख्यो। मनमा भुँईचालो गयो। "को बिदेस कहिले गयो, कहिले आयो त्यो मलाई था हुन्छ? स्वर्णीमलाई मैले मात्रै चिनेको हो ? मेरो मामाघरमा आउने गरेको अहिले देखि हो? उस्ले पनि जान्छु भनेछ आयो। के ठुलो कुरा भयो?" सुकिर्ती उल्टो सँग रिसाई उस्ले स्वर्णीमको कुरा झिक्दा।

 

"अनि किन मलाई कहिल्यै नभन्या पनि जोमसोम गा कुरा?"

प्रकासलाई चित्त बुझेन।

 

"तिमीले सोध्या थ्यो ? त्यहा को को गा थे सबैको बारेमा मैले तिमीलाई भन्या थें ?" यस्तो संकिर्ण बिचार भएको मान्छे मलाई मन पर्दैन। स्वर्णीम मेरो साथि हो तिमी लोग्ने। त्यस्को फरक तिमीलाई थाह छैन भने तिमी लोग्ने हुन लाएक छैनौ।" सुकिर्ती एकदम रिसाई।.....

 

Read Full Discussion Thread for this article