आश, त्रास, नैतिकता, आस्था, मुल्याङ्कन, सहि, गलत यस्ता थुप्रै लहरहरु उठे यस पटक मनमा। ......
कमला सँग जसरी उन्मुक्त भएर उ कुरा गर्थ्यो त्यसरी सुकिर्ती सँग गर्न सक्दैनथ्यो। सुकिर्ती सँगको कुरामा उ साबधान धेरै हुन्थ्यो। उ नभडकियोस भन्ने धुनमा हुन्थ्यो उ। सुकिर्तीले उस्लाई धेरै दोष लाउँथी उस्को कमजोरीहरु सम्झाउँथी। कमलाले उस्को प्रसम्सा गर्थी। उस्ले कमजोरीका कुराहरु गर्दैन थी तर प्रसंसामै उ कमजोर हुन्थ्यो। तर उ एक बिबाहित थियो अनि कमला पनि। त्यो उस्ले बिर्सिनु हुन्न भन्दै आफैलाई सम्झाउँथ्यो। आह्वानमा बिदा लिएर उ निस्कियो।
उस्ले पनि यता उता घर खोज्न थाल्यो। जति साटसुट गरे नी काममा कुरो चुहिई हाल्यो। कामका ब्वाँसोहरु "के हो गुरु पैला पैला त सोझो जस्तो लाग्थ्यो --अब त हुँदा हुँदै घराँ स्वास्नी राखेर बाहिर अर्कैकी स्वास्नीलाई राख्न डेरा खोज्दीन थाल्या भन्या? लौ नसकिने भो" भन्न थाली सक्या थिए।
घराँ सुकिर्ती घर कैले सर्नी भन्थी अर्को घराँ कमला। घरले प्रकासलाई पनि निक्कै पिरोल्न थाल्या थ्यो। कमलाको फोन अफिसमा आउँदा ब्वाँसाहरु जमजमाउने हुँदा उस्को मोबाईलको नम्बर दिएको थ्यो। अचेल कमला दुईटैमा गर्थी एउटामा भेट भएन भने।
एक दिन बाउले सोधे प्रकासलाई "तेरो घर सर्ने के भो?"
उस्ले अहिलेका डेराबाल् सर्न घर हेर्दै छन। लोग्ने चै क्यानाडा गा रेछन। प्रकासले सुनायो।
"दाईको घराँ बस्छन कि म बुझम्ला" बाउले भने।
"किन र दाईको घराँ मान्छे छैनन र?" प्रकासले सोध्यो।
"उनीहरुको घर रेडी भै सक्यो रे -- आफ्नो घराँ सर्छन अब --" बाउले भने।
"मै कुरा गरी रा छु डेरावाल सँग -- आजै गएर भन्दिन्छु म।" प्रकासले भन्यो। उ भित्र भित्रै दंग पर्यो।
सुकिर्ती माईती गएकी थिई। उस्का माईती र मामाघरकाहरुका "योङ्ग जेनेरेशन" मिलेर जोमसोम जाने भएका थिए। उस्लाई पनि भनेकी हो सुकिर्तीले तर उस्ले नमिल्ने बताएको थियो। घरको पनि तालमेल मिलाउनु छ। उस्ले घरको पनि दुहाई देको थियो। फेरी सुकिर्तीले पनि कर गरीन। ति सुकिर्तीका हुलले उस्लाई परम्परागत प्राचिन समयमा हराएको भिनाजु झैं गर्थे। उनीहरुको तमासा हुन उस्लाई जान मन थिएन।
सुकिर्तीले उ फर्केर आउँदा घरको कुरा अझै तह लागेको रहेनछ भने उस्ले तह लाउने बद्धता प्रकट गरेकी थिई। प्रकासलाई त्यस्ले चिन्तित गराएको थ्यो। बाउको कुराले उस्को उद्धार हुने छाँट देख्यो उस्ले।
कमला काँ बत्तेर पुग्या थ्यो उ फोन पनि नगरी सर्प्राईज दिन रे भनेर आफै सर्प्राईज भयो। उ रहिनछ घरमा। मोबाईल् नम्बर त थियो उ सँग तर फोन गरेन बरु पाखामा परेको माछा झै भै रह्यो।
यता गयो उता गयो। उस्ले खबर फोनमा दिने बिचार गरेन। मोटरसाईकल लिएर रिङ्ग रोड एक चक्कर लायो।
फर्केर जाँदा कमला आईसकिछ। उस्लाई देखेर उ खुसी भै। प्रकास पनि खुसी भयो।
"म अघि पनि आ थें -- " उस्ले भन्यो।
"ल हेर -- फोन किन नगरेको त मलाई?" उस्ले सोधी।
प्रकास मुस्काईरह्यो। केही भनेन।
"गरेको भए म आईहाल्थे नी" उस्ले थपी।
"मैले घर भेटें" प्रकासले भन्यो।
कमलाको अनुहारमा उदासी र प्रस्न एकै चोटी उदाए।
"दाईको घरमा जाने -- त्यो घर खाली हुँदै रहेछ" उस्ले सुनायो।
"कति तिर्नु पर्ने हो?" कमलाले सोधी।
"त्यस्को किन पिर?" प्रकासले भन्यो।
"किन र तिर्नु पर्दैन?" उस्ले सोधी। .......