Posted by: Deep April 23, 2008
घर
Login in to Rate this Post:     0       ?        

.....

फेरी चिया आयो। गफहरु भए। काम सकेर उस्ले फोनमै कुरा गरेको भए पनि हुन्थ्यो तर रहरैले आएको थियो। हतार थिएन।

 

"घर भेटाउनु भएन उसो भए?" कुरा घरकै गर्नु पर्यो।

 

"अहँ! फेरी कता जानु घर खोज्दै। कस्ता कस्ता मान्छे हुन्छन। बाटामा यसै हिन्दा जिउ नै सिरिङ्ग हुने गरी हेर्छन।"

 

"सबै कुरा उहाँले नै हेर्नु हुन्थ्यो?" प्रकासले आँखाको ईसाराले फोटोमा भएका श्रीमानलाई देखाउँदै सोध्यो।

 

"हो सबै" कमलाले भनी। तर जुन भावले उस्ले "सबै" भनी त्यो प्रकासले अलि बुझेन।

 

"त्यसरी सबै भन्या चै के नी?" उस्ले सोध्यो।

 

"कसरी भन्नु पर्ने ?" उस्ले सोधी।

 

त्यो सबै ले के के समेटछ ? प्रकासले सोध्यो।

 

"सबैले सबै समेटछ नी --- घर परिबार श्रीमती -- श्रीमतीहरु --" उस्ले भनी।

 

उस्ले श्रीमती लाई श्रीमतीहरु पारेको प्रति प्रकासको ध्यान बिशेष गयो।

 

"श्रीमतीहरु भनेको चै के नी?" उस्ले सोध्यो।

 

"भन्या एउटी उतै दाँङ्ग तिर छिन यता छु भन्या अरु के --" यस पटक कमलाको अनुहारमा फुल मुर्झाए।

 

"तपाईँ कान्छी?" प्रकासले ह्वात्तै सोध्यो। त्यो प्रस्नलाई यसरी सोध्ने उस्को बिचार थिएन।

 

"अहिले सम्मलाई" कमलाले भनी।

 

प्रकासले के भन्ने हो बुझेन। त्यो जेठी कान्छीको कुरा आउनु पर्ने स्थिती बनेको थियो जस्तो उस्लाई लागेको थिएन। तर कुरा उठ्यो। यो जेठी कान्छीको कुरा --एउटालाई एकातिर अर्कीलाई अर्को तिर राख्ने कुरामा उस्ले आफ्नो बाउलाई सम्झियो। मनमा घृणा, सहानुभुती, स्नेह, बिद्रोह जस्ता थुप्रै भाबहरु उठे।

 

"अब क्यानाडामा को फेला परी सकी होली" कमलाले लामो सास छोडदै भनी।

 

"त्यस्तो थाह पाएर किन बे गरेको ?" प्रकासले प्रतिकृया जनायो।

 

"थाह पाएको भए ---" लौ कता को कुरा कता पुगेछ।

 

"सुन्नुस मलाई यो घरको कुराले एकदम पिर भयो। अब माईत फर्किन्छु। सबै सामान लिएर। आफ्नो कोही मान्छे पनि छैनन् यता" उस्ले भनी।

 

"म कोशीस गर्छु, तपाई पिर नगर्नुस।" प्रकासले भन्यो। उस्लाई जान मन थिएन तै पनि अब जान्छु भनेर उठ्यो।

 

"खाना बनाईसकें मैले" उस्ले भनी "तपाई आउनु अघि नै बनाईसकेकी" उस्को मुहारमा फेरी फुल फुले।

 

"काँ खाना खानी?" प्रकासले भन्नलाई भन्यो।

 

"काँ नी अब? यहीँ नी -- यो पनि तपाईँकै घर हो नी -- कि हैन?" उस्ले मुस्कान छर्दै भनी। प्रकासले ति मुस्कान टिप्यो मात्रै केही भनेन। "घर आफ्नै हो मान्छे चैं --" बहकिदो मनलाई उस्ले लगाम कस्यो।

 

प्रकासले खुसुक्क मोबाईल बन्द गर्यो।

 

पछिल्लो पटकको भन्दा यस पटक कुरा अलि बेग्लै भए। त्यस्ता कुराहरु पहिले उस्ले कसै सँग गरेको थ्यो कसैले सँग। आश, त्रास, नैतिकता, आस्था, मुल्याङ्कन, सहि, गलत यस्ता थुप्रै लहरहरु उठे यस पटक मनमा। ......

 

 

Read Full Discussion Thread for this article