प्रकास अलमलियो। .....
"कहिले जानु भा त बाहिर क्यानाडा?" प्रकासले "बाहिर"मा अलि जोड दिएर सोध्यो।
"अस्ति आईतबार" उनले सजिलै भनीन।
"कहिले आउने त?" प्रकासले सोध्यो।
"३ महिनाको ट्रेनिङ्गलाई जानु भा हो क्यारे अफिसबाट" उनले भनीन।
प्रकास उठ्यो। कमलाले सुकिर्ती, आमा, र बुबाको बारेमा सोधिन।
"के काम थ्यो मलाई भनेर हुने भए भन्नुस न" उनले भनीन।
"खास केही होईन" भन्दै उस्ले बिदा लिने सुर कस्यो।
घर तिर फर्किदै गर्दा उस्ले स्वर्णीमलाई एउटा पसल बाहीर चुरोट तान्दै गर्या जस्तो देख्यो। मोटरसाईकल अलि पर रोकेर हेर्यो अनि भन्यो "हैन रे छ क्यारे--यत्तिकै"। त्यो स्वर्णीमको भुतले उस्लाई बेला बेला तर्साउँथ्यो। "धन्न अमेरीका बत्तियो पातकी" मन मनै भन्दै प्रकास घर तिर लाग्यो।
घरमा बेलुका भोजन पछि सुकिर्तीले सोधी घरको बारेमा।
"लोग्ने चै रैनछ --तिन मैना पछि आउँछ रे --अब स्वास्नीलाई के भन्ने?" प्रकासले भन्यो।
सुकिर्तीको अनुहारमा अघिको उत्साह हराएर अहिले क्रोधका बादलहरु उठ्दै गरेको प्रकासले देख्यो।
"अनि? अब के लोग्ने चै नआए सम्म चुपचाप बस्ने बिचार?" सुकिर्तीले सोधी।
"के गर्ने त?" प्रकासले सोध्यो।
"तिमी त केही गर्न सक्दैनौ। मै गएर कुरा गर्छु।" उ झर्कि।
"भैगो म फेरी जाउँला-- तिमी जानु पर्दैन। म खाली गराउँछु।" प्रकासले बल्ल बल्ल सम्झायो।
"आजैको भोली त के जानु" भन्दै एक दुई दिन टार्यो प्रकासले। तर सुकिर्ती झर्केर पुग्ली भन्ने डर बेग्लै थ्यो। आज उस्ले जाने बिचार गर्यो कुरा गर्न कमला सँग। फोन गर्यो र कमलालाई आफु केही कुरा गर्न अफिसबाट आउने कुरा सुनायो।
"के भन्ने कसरी भन्ने" प्रकासको मनमा कुराहरु आईरहे। भन्ने बित्तिकै काँ हुन्छ?सर्न पनि त समय चाहिन्छ नी। उ भन्दै थ्यो आफैलाई।
उ कमला कहाँ पुग्दा चिया तयार थ्यो। एक छिन औपचारीकता पछि कमलाले के काम हो सोधिन। उस्ले एउटा सानो तिनो भुमिका बाँधेर कुरा भन्यो। कमलाको अनुहारमा चिन्ता उस्ले प्रस्टै देख्यो।
"अनि हामी कहाँ जाने? उहाँ पनि हुनुहुन्न।" उनले भनीन।
प्रकास सँग जवाफ थिएन। "म कुरा गर्छु नी सुकिर्ती सँग।" कमलाले भनीन।
प्रकासले सुकिर्तीको बानी सँग कमलालाई परिचित गराउँदै के प्रस्ट पार्यो भने सुकिर्ती सँग कुरा गरेर केही फाईदा छैन।
"उसो भए बुबा सँग कुरा गर्छु त -- आखिर बुबासँग कुरा गरेर बसेको हो हामी" उनले आफ्नो कुरा गरीन।
"प्रकासले त्यस्तो नगर्न अनुरोध गर्यो। त्यसो गरेर बुबाले सुकिर्तीको पक्षमा फैसला नगरे कुरा बिग्रिन्थ्यो। सुकिर्तीलाई फेरी अमेरीकाको भुत चढ्ने थ्यो। सुकिर्ती "स्वर्णीमको अमेरीका" जाने कुरा प्रकासको लागि मर्मभेदी बाण थ्यो।
तपाई पनि कोसीस गर्नुस। म पनि कोसिस गरम्ला एउटा राम्रो घर खोज्न। प्रकासले सम्झायो।
एक्कै छिन उदासी अरु मडारिईरह्यो। प्रकास र कमलाका आँखामा बिबसता बन्दी भैरहे।
बाहिर आकास गर्जियो। कमला तर्सिईन। त्यही तर्साईले हाँसो ल्यायो। पानी पर्न थाल्यो।
सुकिर्तीको फोन आयो। प्रकासले आफु भर्खरै आईपुगेको --कुरा गरेर यो पानी पर्न रोकिए पछि हिन्ने कुरा सुनायो।
कमलाले कता कता शब्दले बाँधेर सुकिर्तीको सोचाईको अप्रतक्षरुपमा बिरोध गरीन। खै किन हो प्रकासलाई त्यो मन पर्यो। उनले आमाको सोचाईको सम्मान गरीन। प्रकासलाई त्यो झन मन् पर्यो।
"अब खाना खाएर जानुस" कमलाले भनीन।
"हैन पर्दैन दु:ख नगर्नुस" प्रकासले तुरुन्तै भन्यो।
"के को दु:ख? कसै कसैलाई एक्ली आईमाईलाई घरबाट निकाल्न त दु:ख लागेन --" उनले भनीन। प्रकासले सुन्यो मात्रै। सुकिर्तीलाई घोचेको होला। उस्ले ठान्यो।
"यो पानीमा म तपाईलाई जान दिन्न। मोटरसाईकलमा जानु छ ---केही भयो भने? म त आफुलाई कहिलै माफ गर्न सक्दिन -- पानी रोकिन्छ अनि जानु होला -- एक्कै छिनमा बनाईहाल्छु म --तपाईँ टि भि हेर्दै गर्नुस" उनले भन्दै टि भि खोलिन।
प्रकास चुप चाप टि भि हेर्न थाल्यो। भरखर कमलाले "यो पानीमा म तपाईलाई जान दिन्न" भनेको उस्ले सम्झियो। त्यो भनाईमा रहेको अधिकारलाई उस्ले प्रस्न गर्यो तर जबाफ उस्लाई चाहिएन।
आखिर उस्ले खाना नखाई हिन्न पाएन। खाना बनुनन्जेल पनि कमला बैठकमा आउँदै कुरा गर्दै गरी। एक चोटी त प्रकासले पनि आँट गरेर "म पनि केही सघाउन आउँ?" भनेर सोध्यो। "घरमै श्रीमतीलाई सघाउनु" कमलाले हाँस्दै भनी। उस्ले कमलालाई सुकिर्ती सँग दाँजी रह्यो। पानी रोकिईसकेको थ्यो। तर उस्लाई घर जान मन थिएन अहिले। खाना पछिको चियामा उ अल्झेको थियो।
"पानी पनि रोकीएछ अहिले त" कमलाले भनी।
"जा भनेकी त होला नी" प्रकासले सोच्दै उठ्यो चिया पछिको कप टेबलमा राख्दै।
"अँ रोकियो -- अरु दर्केको भए हुन्थ्यो नी" उस्ले बिस्तारै भन्यो। उस्ले भनेको कमलाले �