Posted by: Deep April 23, 2008
घर
Login in to Rate this Post:     0       ?        

त्यो साँझ देखि बिहान सम्मै सुकिर्तीले प्रकासलाई उस्को खुसीमा नुहाईदिईरही। ......

 तर उस्को घर भाडामा दिएको थ्यो। श्रीमान श्रीमती बस्थे क्यारे दाङ्ग तिरका। प्रकासले उनीहरुलाई एक् दुई चोटी भेटेको थ्यो तर त्यो भन्दा बढी चिनेको थिएन। सबै कुरा बाउले हेर्थे। उस्लाई कहिल्यै वास्ता लागेन। उस्ले आफ्नै घर नदेखेको पनि कत्ति भै सकेको थ्यो। त्यो घर भित्र नगएको झन कत्ति भयो कत्ति।

 

" बुबालाई भन्छु भाडामा बसेका मान्छेहरु सँग कुरा गर्न।" उस्ले सुकिर्तीलाई सुनायो।

 

"किन भन्नु पर्यो बुबालाई? तिमी आफै केही गर्न सक्दैनौ?" सुकिर्ती झर्किई। आफै जाने भयो।

 

अफिसबाट हिन्दा हिन्दै उस्ले सुकिर्तीलाई आफु उता भाडामा बसेका मान्छेहरु सँग कुरा गरेर आउने सुनायो। सुकिर्तीको आबाजमा खुसी चिन्यो उस्ले। अचेल घर सर्ने कुरा भए देखी सुकिर्तीका मित्र मण्डलीहरु पनि कमै मात्र आउन थालेका थिए। घरमा तनाब घटेको थ्यो। खाली आमाका उदासीहरु बढेका थिए तर ति उदासीहरुलाई उस्ले बिस्तारै हटाउन सक्छ भन्ने प्रकासलाई थाह थ्यो।

 

अफिसबाट त्यो दिन प्रकास उस्को भाडामा दिएको घरमा पुग्दा साँझ परिसक्या थ्यो। श्रीमती चै रहीछिन घरमा। कमला रे उनको नाम। प्रकास त्यहाँ पुग्दा उनी सारी श्रींगारमा मा सजिएकि थिइन।

 

"भरखर बाहिर गएर आउनु भएको हो कि?" प्रकासले भित्र पस्दा पस्दै सोध्यो।

 

"हैन, किन ?" उनले सोधिन अनि अघि लागिन। आफ्नै घरमा प्रकास पल्याक पुलुक हेर्दै थ्यो।

 

"यसै--" मात्रै भन्यो उस्ले। उनले बैठक कोठामा प्रकासलाई पुर्याउँदै भनीन "बस्नुस --" अनि फेरी मुस्कुराउँदै थपिन "आफ्नै घर हो"

 

प्रकास पनि हाँस्यो। बसेको मात्रै के थ्यो कमला " चिया लिएर आउँछु" भनेर गईन।

 

उस्ले कोठा सबै तिर हेर्यो। एक दम सफा अनि सजाएको थ्यो। उठेर यता उता हेर्न थाल्यो। बिहेको ठुलो पारेर राखेको फोटोमा उस्ले लाज माने झै देखिने कमला भरखरै पदक जिते झैं देखिने उन्को श्रीमानलाई हेर्दै थ्यो कमला आईन।

 

उस्ले उनको श्रीमान प्रति ईँगित गर्दै सोध्यो "खै उहाँ?"

 

"उहाँ हुनुहुन्न" उनले चिया बिस्कुट राख्दै भनीन।

 

"काँ जानु भा?" प्रकासले सोध्यो।

 

"बाहिर" उनले भनीन। बाहिर घरमा घर भित्र नभए पछि उस्ले पनि बुझेकै थ्यो। भित्रै भएको भए भेट भै हाल्थ्यो नी।

 

"--" प्रकासले भन्यो सोफा तिर फर्कियो।

 

चियाको चुस्की लिंदै सोध्यो "कहिले फर्किनु हुन्छ ?"

 

"खै?" उनले त्यति मात्रै भनीन।

 

झण्डै झण्डै सुकिर्ती जस्तै लाग्यो प्रकासलाई कमला पनि।

 

निक्कै बेर बस्यो प्रकास। कमलाका श्रीमान आएनन। कमलाको बोली चाली ब्यबहार उस्लाई एकदम राम्रो लाग्यो। खाली हाँसेर बोल्ने उन्को बानी प्रकासलाई धेरै राम्रो लाग्यो। लोग्ने चाई भाग्गेमानी हुन। उस्ले मनमनै भन्यो।

 

" खाना बनाउँछु है" उनले भनीन।

 

"हैन काँ खाना बनाउनी? जान्छु अब -- खै उहाँ पनि आउनु भएन" प्रकासले भन्यो।

 

"उहाँ अहिले काँ आउनु हुन्छ ?" उनले भनीन।

 

"किन ?" प्रकासले सोध्यो।

 

उनले हाँस्दै भनीन "क्यानाडाबाट पनि छिन छिनमा आउन सकिन्छ कि क्या हो?"

 

"! अघि बाहिर भन्दा ---" प्रकासले भनीसक्न भ्याएन उनले थपिन "अब क्यानाडा भित्र हो ?"

 

प्रकास अलमलियो। .....

 

Read Full Discussion Thread for this article