Posted by: pops April 22, 2008
Maoists weak in Dhawalagiri
Login in to Rate this Post:     0       ?        
पुनः निर्वाचन भएको क्षेत्रमा माओवादी पछारियो
१०-वैशाख-२०६५,मंगलवार

चैत २८ गते विभिन्न कारणले रोकिएर पुनः मतदान भएका क्षेत्रको मतगणनासमेत सकिसकेको छ। यी पछिल्लो पल्ट मतदान भएका क्षेत्रमा भने माओवादी निकै पछाडि देखियो। माओवादी कमजोर हुनुमा त्यहाँ त्रास र भय विना नै निर्वाचन भएको राजनीतिक पण्डितहरुको विश्लेष छ। बैशाख पहिलो साता पुनः मतदान भएको दैलेख, सुर्खेत १, बाग्लुङलगायत तराईका निर्वाचन क्षेत्रम उसको प्रभाव कम देखिएको छ।  
पुन मतदान भएको बाग्लुङका तिनै क्षेत्रमा माओवादी पराजीत भएको छ। यसरी पछिल्लो पटक भएका निर्वाचनमा माओवादीले कुनै किसिमका त्रास फैसाउन नचाहेको र नपाएकोले पनि निर्वाचनमा माओवादीका पक्षमा परिणाम नआएको बताइन्छ।
Read Full Discussion Thread for this article