Posted by: Rahuldai April 22, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

सबिता कबिता
भाग ७

 

ज्ञान् लाललाई मामा घरमा बस्नु बम्पर चिट्ठा परे जस्तो भयो। एक त अस्कल् छेउमा घर् समय बच्ने, अर्को ठुलो  मामा प्रोफेसर् साहेब्। त्यो भन्दा नि छप्पर् फाड्के त कबिताको सुमधुर उपस्थिति। एउटै घरमा बस्दा चिनजान हुनु, चिनजानबाट मन साटासाट् हुनु कुनै अस्वाभाबिक बिकास् मान्नु मिल्दैन। ज्ञान लाल् को मन मा कबिता फुरेछ, कबिता भित्र ज्ञानलाल्  बसे छ। हिजो अस्ति भन्दा प्रफुल्ल थियो ज्ञानलाल्। उनले सबै कुरा भन्थ्यो मलाई। तर मलाई अलिकति चित्त बुझेको थिएन कबिताको बारेमा। भर्खर ८-९ कक्षा पढ्ने केटीले ज्ञान् संग मन साट्नुको सट्टा ज्ञानलाल संग मन साट्नु अलि चाँडो प्रेमांकुरन हो जस्तो लागेको थियो। हुन त प्रेममा न अबेर हुन्छ न उमेर। तर पनि जिन्दगिको रुपरेखा कोर्ने काममा परिपक्व निर्णय हुनु पर्दछ। नत्र पछुताउन यो जिन्दगि अपुग हुन्छ।

प्रेम अंकुरायो, पात पलायो, फूल फुल्यो। त्यसैमा ज्ञानलाल् भुल्यो। तर पनि आफ्नो पढाइ लाई त्यतिकै रफ्तारमा अघि बढाउदै थियो।
ज्ञान लाल फेरि आफ्नै घरमा सरे, अर्थात फेरि रातको भात पछि हामी दुइ जनाको एक चक्कर असन इन्द्रचोक अनि न्यूरोड लगाउने पूर्बत कार्यक्रम सुचारु भयो। पढाई देखि राजनिति, राजमति, हुंदै कबिता सबिता को कुरा हुन्थ्यो। पहिलो लक्ष त हामी दुबैको सरकारी छात्रब्रित्तिमा बिदेशमा अध्ययन गर्नु नै थियो। बेला बेलामा कबिताको घर जाउं भन्थ्यो। तं आफै जा भन्थें म। ज्ञानलाल पनि कमताको छट्टु थिएन। घुम्न जाने, सिनेमा हेर्न जाने बेलामा पो एक्लै जाने, सबै जना हुने घरमा एक्लै जान मिल्दैन भनेर मलाई साथी लिएर जाने गर्थ्यो। लगौटिया यार् थियो, उनको प्रेममा सिंढि बन्दा नि खुशि नै लाग्थ्यो।

हामी कबिता को घर जान्थ्यौं। कबिताका दिदीहरुले मलाई राम्रो संग चिन्ने र आदर गर्ने गर्थे। म दिदीहरु संग गफ गर्थें , ज्ञानलाल् कबिता संग रोमान्टिक ज्ञान ज्ञान् साटासाट् गर्थे।

आइ एस्सि सकियो। बिएस्सी पनि ज्वाइन भैयो। उनको प्रेम झांगिएर फल दिने बेला भैसकेको थियो। छात्रब्रित्तिमा छनौट नि भैयो। किताबी ज्ञान  भन्दा प्रेमज्ञान धेरै भएछ क्या रे, कबिताको एस् एल् सी छन्दपूर्ण बनेन। कबिता एस् एल् सीमा गुल्टिनु र र यता ज्ञानलाल को छात्रब्रित्तिमा छनौट हुनु दैब संयोग भन्दा नि बढ्ता भो। घरबाट त्रिचन्द्र क्याम्पस निस्कने ज्ञानलाई असन हुंदै अर्कै चन्द्रमा पुग्थे। जे होस्, दुखका दिन अब गए ज्ञानलाल् को पनि भन्दै भारतमा अध्यायनको दिन गन्ति गर्न थालेउं।

 

कोलम्बो प्लानको कन्फर्मेशन आउने क्रम सुरु भयो। दोस्रो समूहमा नै मेरो कन्फर्मेशन आयो। ज्ञान लाल को अलि पछि मात्र आएछ।  सबैलाई सानो भोज खुवाई इलाहाबाद् हिडियो।
एक डेढ महिना पछि ज्ञानलाल् को नि आयो, कलकत्ता तिर। मेरो भोज खाए ज्ञानलाल ले  तर उनको भोजमा मोज गर्न पाइएन, क्या बोर् भाथ्यो।

 

त्यो जमाना हवाई पत्रको जमाना थियो। इमेल-सिमेलको जन्म न भा बेला। अझ कम्पुटर देख्यो कि रिस् उठ्ने बेला। ज्ञानलाल र मेरो पत्रको आदान प्रदान हुन्थ्यो, साप्ताहिक रुपमा।  पत्रमा कबिताको कुरा कोट्याउथे, उनले पनि सबै कुरा खुलस्त लेख्थे। सबै बुझ्दा र हेर्दा लाग्थ्यो, एउटा अनुपम प्रेम कहानी बनिदै छ, लेखिंदै छ। बिछोड, घात प्रतिघात, अपमान को कुनै स्थान न भएको, स्वर्गिय प्रेमको, सत्य प्रेम को, पबित्र प्रेमको ग्रन्थको चलचित्रमन्चन् हुंदै छ।


फस्ट् इअर कै मध्यभागमा इलाहाबादमा ठुलो दंगा भो। गुण्टा कसेर घर आउनु पर्‍यो, कम्तिमा ३५ दिनको लागि। एक मन त रमाइलो लाग्यो नै, घर छोडेर अन्त कतै बास बसेको मलाई सम्झना छैन। एकै चोटी इलाहाबाद को प्रचण्ड गर्मीमा सेकिएर्, पोलिएर बस्नु भन्दा त काठ्माडौको शितल छायाको  कत्ति उत्तम् कति।

 

घर बस्नु बिना काम् एक् दुइ दिन पो रमाइलो हुंदो हो। स्कोलरशिप पाउने जत्ति बिदेश् हिडि सके, न पाउने अब टुपी कसेर पढ्न थालि सके।  तै पनि पुराना साथीहरु संग गफसफ गर्न भनी त्रिचन्द्र कलेज जाने बिचार गरें।

 

त्रिचन्द्र गएं, साथी भाइ भेट भो, इलाहाबादि गफ गरियो। चिया टाइम भयो। साथीहरु संग चिया खाजा खान भनी बिश्वज्योति हल निरको खाजा पसल हिड्यौं। सिनेमा छुट्टी भाको टाइम परे छ, फिल्म हेरेर निस्कनेहरु अनि फिलिम कुरेर चिलिम् तानेर बस्नेहरुको भीड थियो। सिनेमा हलबाट निस्कने अनिगिन्ति अपरिचितहरु माझ एक जोडी चिने चिनेको जस्तो लाग्यो। अलि फोकस् गरेर हेरें। चिनेको मात्र होइन छिनेकै पर्‍यो। साजसज्जामा सजिएकी कबिता र तिनी संग हातेमालो गर्दै एक ह्यान्सी केटा। कबितामा कुन छन्द पर्‍यो भनेर यसो फेरि हेरें, त्यो छन्द पनि परिचित नै थियो। स्कूल को जुनियर पाक:चा भनिने प्रदीप रैछ।

 

राजाको खाजा पसल छिर्नै लागेका साथीहरुलाई एक छिन है भन्दै म उनीहरुको क्रियाकलापमा घुरान् दिन थालें। मानौं कुनै नव बिबाहित दम्पती जस्तो अथवा नितान्त वैयक्तिक सम्पति जस्तो जिस्कदै मस्कदै थिए। पाक:चा लाई म राम्रो संग चिन्छु, एक ब्याच जुनियर भलिबल खेल्ने खेलाडि। तिनको पनि एस् एल् सी मा बेहाल्, घर यट्खा बहाल्। भलिबलको मात्र होइन प्रेमको नि तकडा खेलाडी जस्तो देखियो। हैन होला, ज्ञानलाल संग त्यत्रो शान्दार प्रेम लीला चलिरेह्को बेला त्यो पाक:चाको प्रबेशको उद्देश्य अर्कै होला, आफैलाई सम्झाए।

 

त्यसको केही दिन पछि हामी संगै बिएस्सी पढ्ने मित्रको बंगलादेशमा एम् बी बी एस् पढ्ने सीट मिल्यो र जान अघि यसो भेटघाटको कार्यक्रम राख्यो। दरबारमार्गको नाङ्लोमा। नाङ्लोको छतमा हाम्रो पार्टी थियो। रमाइलो गर्दै पिउदै थिएं अर्थात केही बेर जिउदै थिए। ट्वाइलेट जान मनलागेर उठें तर मथिल्लो तल्लाको ट्वाइलेटमा २ जनाको लाम, त्यहा लेट् हुने देखेर, तल्लो तल्लाकोमा झर्दै गर्दा भर्‍याङबाटै एक जोडी मायालुहरु प्रेम पिउंदै गरेको देखें। फेरि पनि मन मानेन होइन होला,त्यो कबिता र पाक:चाको जोडी होला भनेर। शंका निबारण गर्न करै लाग्यो। चुपचाप, ट्वाइलेट नगैकन चियो गरें। हो रैछ, कबिता र पाक:चा नै। स्वयम्भूमा मान्छे हिडेको नाङो आखाले देख्ने मेरो आँखाले धोका खान सक्दैन। कबिताको यो चाला" दाल मे कुछ काला" लाग्यो । ट्वाइलेट जानै बिर्सी फेरि माथिल्लो तल्लामा उक्लें।

क्रमश:

Read Full Discussion Thread for this article