Posted by: sumedhu April 21, 2008
लौ सुनुम केही जनबादी गीतहरु
Login in to Rate this Post:     0       ?        

ई शर्माले गीत त गाउँछन तर शर्मा रैछन्, बाहुन परे अबको नेपालमा यो सामन्त जात पर्‍यो त्यति भविष्य देखिएन । अनि मोहन विक्रमबाट जन्मेको कम्युनिष्ट घटकहरूलाई त क्याल्कुलेटरमा हिसाब गर्न पर्छ ,गन्न पनि अनि कता छन् भनेर खुट्याउन गाह्रो छ ।

 

लाल्टिनले मान्छेको रक्षा र मान्छेले लाल्टिनको रक्षा कुनै पनि गर्दैनन् । माओवादी नेताको रक्षा तिनका वासिएलले अनि वासिएलका अपराधको संरक्षण र रक्षा गर्ने काम माओवादी नेताले मात्र गर्छन । यो लाल्टिन बाल्ने युग हैन , बिजुली बाल्ने युग हो  तर नेपालमा ४० घण्टे लोड सेडिङले बाँसका सिठा बटुलेर बाल्ने बेला भा'छ ।

 

जे होस एक दुई वर्षमा उत्तर कोरिया जस्तो भएर बाँकि संसारसंग दाना दानाको मोहताज बन्ने कुरा निश्चित हुँदैछ किनभने 'माओवाद' नामको ब्वाँसो त रजाइँ गर्न पसेको छ देश भित्र !

Read Full Discussion Thread for this article