Posted by: upendrajee April 20, 2008
King could get cultural rights, says Dr. Bhattarai
Login in to Rate this Post:     0       ?        
प्रचण्ड नै प्रधानमन्त्री
माओवादीको सरकारको नेतृत्व प्रचण्डले नै गर्ने सम्भावना बढेको माओवादी श्रोतले दावी गरेको छ ।


संविधानसभा चुनावको प्रत्यक्षतर्फ बहुमत ल्याएको माओवादीको सरकार प्रचण्डको नेतृत्वमै बन्ने सम्भावना बढेको छ । माओवादीले त्यसबारे अझै निर्णय नगरे पनि प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्ने पक्षमा माओवादी नेता/कार्यकर्ता खुल्न थालेका छन् । नयाँ संविधान नबन्दासम्म राष्ट्रपति बन्ने सम्भावना नरहेको तथा प्रधानमन्त्रीले नै राष्ट्रप्रमूखको भूमिका निर्वाह गर्नुपर्ने भएकाले प्रचण्ड पनि प्रधानमन्त्री बन्न इच्छुक रहेको माओवादी श्रोतले बताएको छ । यसअघि भने माओवादीले सरकार बनाए माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुने तथा प्रचण्ड राष्ट्रपतिका लागि पर्खने प्रचारित थियो ।


अन्तरिम संविधानमा राष्ट्रप्रमूख र प्रधानमन्त्रीको अधिकारबारे नखुलाइएको तथा नयाँ संविधान नबनुन्जेल शक्तिसाली राष्ट्रपतिको ब्यवस्था हुने सम्भावना कम रहेको बिश्लेषण गर्दै प्रचण्ड आफै प्रधानमन्त्री बन्ने निश्कर्षमा पुगेको श्रोत बताउछ । राष्ट्रप्रमूख र प्रधानमन्त्रीका दुइ शक्ति केन्द्र बन्ने र तीबीच बिबाद हुने सम्भावना रहेका कारण पनि प्रचण्ड आफैं प्रधानमन्त्री बन्न कस्सिएको श्रोतको दावी छ । श्रोतका अनुसार, प्रचण्डले आफू प्रधानमन्त्री बन्ने खुलासा आइतबारसम्म संचारमाध्यममार्फत गर्ने सम्भावना छ

Read Full Discussion Thread for this article