Posted by: fucheketo April 20, 2008
मलाई नलागेको रोग
Login in to Rate this Post:     0       ?        

भाग-२ बाट अघि।।।।।।।

 

 

चुपचाप नै रह्यौ हामी दुई धेरै बेर सम्म मानौँ समय करेन्ट दौडाइरहेछ र हामी त्यसबाट बच्न प्रयत्नरत छौँ ।

"तँपाईलाई पछुतो भएन ?" डक्टरले धेरै बेरको मौनता चिरेर मलाई प्रश्न राख्यो ।

"के को पछुतो मैले त मात्र उस्को अभिमान मार्ने प्रयास गरेको थिएँ ,उ आफैँ त जिवित पनि त्यति नै सुन्दर देखीन्थी र म्रित पनि ! मैले अझै उसको शरिर मेरै कोठामा राखेको छु ।उसको सुन्दरता त निमेश को लागि पनि परिवर्तन भएको छैन ।"

म मुस्काएँ उसको म्रित शरिरको शालिनता सम्झेर ,चुपचाप ढलेकी उ सम्झेर ,मान्छे आफैँ कहिल्यै कुरुप हुँदैन रहेछ ।कुरुपता त पछि थपिने गुण हो ।अझ भनौँ कुरुपता भित्र हुन्छ मान्छेहरु आवरण बेर्दछन् ,मान्छे वास्तवमा बन्दाकोपि हो फरक यति मात्र छ जति जति उ नाङ्गिदै जान्छ त्यति त्यति उ कुरुप हुँदै जान्छ ।

"तै पनि हत्या त हत्या हो ,समाजको नजरमाँ कानुनको नजरमाँ !"डक्टर आवेशमा करायो ।

"म कहिल्यै रचनालाई अरुको नजरबाट हेर्न चाहन्न ।"यसपालि पनि म अडिग थिएँ ।

"यो कुरा कस कसलाई थाहा छ ?"

"धेरै लाई थाहा छ ,तर जस जसले रचनालाई हेरे मलाई पागलको संग्या दिए ।"

"मलाई पनि शालिन रचना देखाउनु हुन्छ त ?"

उसले मलाई अनुरोध गरको वा ब्यंग्य गरेको मैले खुट्याउन सकिन !

"किन देखाउने मैले तपाईँलाई !रचना बजारमा प्रदर्शनिमा राखेकी गुडिया हो र?उ मेरी रचना हो जिवित म्रित दुवै स्वरुपमाँ !"

"मलाई हेर्न मन छ ,तँपाईको ब्याख्याकि रचना ,अभीमानी रचना अनि शालिन रचना ,के फरक छ मात्र मलाई त्यति हेर्न मन छ ।"

मैले मनमनै रचनालाई भनेँ "तिमी यसलाई अहं ठान्छ्यौ तर कोहि तिम्रो लागि यति ब्याकुल छ त्यो पनि मेरो कारणले हेर तिमी म बाहेक केहि होइनौ ,केहि पनि होइनौ !!!!"

"के सोच्न थाल्नु भयो ?" डक्टरले मेरो क्रमभङ्ग गर्यो ।

"केहि होइन !मात्र तपाईँको गम्भिरता दाँजेको अरु सँग ,  तँपाई साँचै नै गम्भिर हुनुहुन्छ वा फगत मलाई पागल भन्ने मान्छेको नाममा एउटा अरु नाम थप्ने होडमाँ हुनुहुन्छ त्यत्ति मात्र सोचेको !"

"जाने होइन त ?"

डक्टर जुरुक्क उठ्यो ।म पनि उस्को पछि पछि क्लिनिक बाट बाहिर निस्केँ ।

धेरै दिन पछि आकाश देखेको थिएँ तै पनि आकाश निलै थियो ,हावा आफ्नै गतिमा दौडि नै रहेको थियो ,सबै कुरा सामान्य नै थिए ,त्यहि एउटा घटनाले मलाई असामान्य बनायो ,जुन कुरा मैले देखे अरुले देखेनन् भने म कसरि पागल भएँ ??अन्धाको शहरमा द्रिष्टि पागल हुँदो रहेछ मैले निष्कर्श निकालेँ ।

मलाई मेरो ढोकाको आवाज देखी डर लाग्छ ,मैले त्यहि भएर चाबि डक्टरलाई दिएँ ,महिनौँ देखी उकुसमुकुस भएको अँध्यारो पनि आज खुला आकाशमाँ आए झैँ लाग्यो ।

"खोइ त रचना ?तँपाईकी रचना देखाउनु हुन्न मलाई ?"

"उ त्यो टेबलमाँ हेर्नुहोस त !"

उसले टेबल माथीको बत्ति बाल्यो ,धेरै बेर घोरियो ,रगतै रगत बिचकी रचनालाई पनि हेर्यो अनि आश्चर्य मिस्रित भावमाँ मलाई सोध्यो

 "खोइ रचना ??रचना खोई ,यो त कलम हो तँपाईको ,भाँच्चिएको कलम र पोखीएको मसि ,मात्र त्यति हो ?रचना खोइ त?"

"तँपाई पनि अन्धाको भिँडमा थपिनु भयो यस्तो चिसो रगतलाई मसि भन्नु हुन्छ ???रचनालाई भाच्चीएको कलम भन्नुहुन्छ !साँच्चै अन्धाको शहरमाँ द्रिष्टि पागल हुन्छ ।"म आवेशमा कराएँ , उस्को कलर समात्न झम्टिएँ । पछि का पछौटेले डक्टरबाट बिस्तारै बिस्तारै गर्दै मलाई टाढा तानेँ ।

समाप्त ।।।।।

 

 

 

 

Read Full Discussion Thread for this article