Posted by: sumedhu April 20, 2008
YCL in new Avatar after the election. Do you believe in YCL lead cultural revolution?
Login in to Rate this Post:     0       ?        

बोक्सीको आरोपमा गर्भवतीमाथि कुटपिट
गाउ“लेद्वारा बहिष्कार

कृष्णप्रसाद गौतम

रुकुम, वैशाख ७ - वाईसीएल कार्यकर्ताले बोक्स्ाीको आरोपमा प्वाङ गाविसमा एक गर्भवती महिलालाई कुटपिट गरेका छन् । पीडितलाई उल्टै गाउ“लेले सामाजिक बहिष्कार गरेका छन् ।

प्वाङ ८ का दलबहादुर र्घर्ती र उनकी श्रीमती देवीलाई प्वाङ गाविस वाईसीएल अध्यक्ष चुनलाल र्घर्ती र स्थानीय कार्यकर्ता राजेश मल्ल्ाले कुटपिट गरेका हुन् ।

स्थानीय प्रजीत बुढाथोकीकी छोरी १८ वषर्ीया विष्णु शुक्रबार राति सुतिराखेका अवस्थामा एक्कासी बिरामी परेपछि उनलाई हर्ेन प्रजीतका घर पुगेका र्घर्तीले सिकाएर बिरामीलाई दलबहादुर र देवी बोक्सा-बोक्सी भएको भनी चिच्याउन लगाएका थिए ।

त्यसपछि गाउ“लेले त्यसैका आधारमा र्घर्ती दम्पतीलाई सामाजिक बहिष्कार गरेका हुन् । बिरामीलाई देवीले छुनेबित्तिकै बिसेक हुने गरेकाले उनी बोक्सी भएको गाउ“लेले आरोप लगाएका छन् । एक सातादेखि बिरामी परेकी विष्णुलाई बोक्सी लागेको भन्दै गाउ“लेले केही तलमाथि भएमा र्घर्ती दम्पतीले बेहोर्ने भन्ने ब्यहोराको कागजसमेत बनाएर जबरजस्ती सही गराउन लगाएका थिए ।

कागज गरिसकेपछि पनि कालोमोसो दलेर जुत्ताको माला लगाई गाउ“ समेत घुमाएका थिए । र्घर्ती दम्पतीले उक्त घटनापछि  'हामी बोक्सी होइनौं' भन्दा कुरा फेरेको भन्दै स्थानीय प्वाङ गाविस वाईसीएल अध्यक्ष चुनलाल र्घर्ती र स्थानीय कार्यकर्ता राजेश मल्ल्ाले कुटपिट गरेका हुन् । कुटपिटबाट गर्भवती  देवीको टाउकोमा गम्भीर चोट लागेको छ भने उनका पत्ाि दलबहादुरको ढाड र हातखुट्टामा चोट लागेको छ ।

'बोक्सी लागेको भन्दै वाईसीएलका अध्यक्ष चुनलालले स्विकार्न दबाब दिए' दलबहादुरले भने- 'आरोप अस्वीकार गरे गाउ“बाट निकाल्ने धम्की

दिएका छन् ।'

बिरामीले नै निदाएको बेला बरबराएर देवी बोक्सी लागेको भनेपछि त्यसैको आरोपमा बिरामीको बुबा प्रजीतले आक्रमणको प्रयाससमेत गरेको उनले बताए ।

 वाईसीएल कार्यकर्ता राजेश बुढाथोकीले भने- 'उनीहरूले पटक-पटक कुरा फर्ेर्ने गरेकाले हामीले कुटेका हौ“ ।'

कुटाइका कारण पेटभित्र रहेको बच्चालाई असर परेको बताउ“दै देवीले भनिन्, 'अलि असजिलो भएको छ ।'

कमजोर आर्थिकस्थिति भएका र स्वास्थ्यसंस्था नजिक नभएकाले अहिलेसम्म स्वास्थ्य जा“च नगराएको र्घर्ती दम्पतीले बताए । घटनाको विषयमा दम्पतीले कुनै पनि निकायमा उजुरी दिएका छैनन् ।ं

घटनाबारे छानबिन गर्न स्थानीय अधिकारवादी संस्था हरप्लेसको टोली प्वाङ गएको छ । 'बोक्सीको आरोपमा कसैलाई दण्ड-सजाय दिनु मानवताविरोधी कार्य हो,' हरप्लेसका कार्यक्रम संयोजक शारदा डा“गीले भनिन् ।

Read Full Discussion Thread for this article