Posted by: Birkhe_Maila April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
लु हेर हेर यो हर्के फेरि! के देको तो दुइ त्यान्द्रो सुर्ती, तो जाबो त दाँतमा अड्केर बिलाउँछ! तो रिट्ठे पट्ठोले के जाति पहलमान छाप खान्छु भन्या छ पर्दैन तेल्लाई दिन, हामि दुइ बुडा मिलेर खाम्। बरु भाले खोजन एउडो झक्किको, भालेको झोल सँअ भात नहसुर्या नि जुग बितो गाँठे! तो कप्तानको पोथिले कोरल्या थो नि गोडा सात आठेक चल्ला, भाले पर्या छैन कउनै?? छ भने हेरि दुइ मइना हुन लाओ, घच्चिको भओ होला, आज ल्यार च्वाट्ट पार त! तिनपाने सँअ चिरिप्प पारम्ला अन्खेरुन भात सँअ भुँडिमा हुलौँला। कसैलाई नभन नि, मासु सुनेसि तो रिट्ठे बज्जेको कान ठाडो हुन्छ फेरि, सिङ्गै भाले हसुरेर मुख मात्तै जिस्को भन्दै हिन्छ, खानु नि छ जस् नि नाई!
Read Full Discussion Thread for this article