Posted by: Harka_Bahadur April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

मुटु जलिरहेछ यो मन गली रहेछ
तिम्रो याद आईदिदा ,आँशु त्यसै बगेछ
आँशु त्यर्सै बगेछ,मुटु जलिरहेछ
मिलन का हरेक पलहरु ,मुटु भित्र कही बसेछ–२
विपनामै सपना देख्ने बानी मलाई परेछ
हुरी चलीरहेछ, घाउ दुखि रहेछ
तिम्रो याद आईदिंदा आँशु त्यसै बगेछ
मुटु जलिरहेछ
तिम्रो मायाका न्यानोपनमा ,मेरो माया बाँचिदिएछ–२
तिम्रो मायाका मुस्कान सुन्दै , मेरो हाँसो विलाइदिएछ,
मेरो हाँसो विलाइदिएछ
जीवन जलिरहेछ , व्यथा बढिरहेछ
तिम्रो याद आईदिदा आँशु त्यसै बगेछ
मुटु जलिरहेछ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।। भक्त राज आचार्य
Read Full Discussion Thread for this article