Posted by: CaMoFLaGeD April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

हैन पुराना चौतारीबासीहरु अचेल कता लागेछन्? कोहि नि आउदैनन् त!! कि अर्को नि चौतारी जस्तै रमाइलो अड्डा छ कतै? छ भने भनुम् है मलाईपनि फुर्सद मिला'र हामी नि आइन्छ।

शुक्रबारे आशा लाग्दो जदौ! सबैलाई!!

हिजो हाम्रो रिट्ठे ब्रोले पारी देखेको कुरा गर्या थिएछ, मैले उत्तर दिनै बिर्सेछु! त्यो जोगबनी गएको कुरा भन्या हो कि कसो? त्यो भन्सार बाट एउटा सामान छुटाउनु पर्ने थियो त्यहि भएर त्यहाँ गएको थिएँ। सोमले अर्कै कुरा सम्झेछ कि कसो? के हो? दिन रात रानी मै हो?? हे हे हे!! तरहरामा तिन सिल सेकुवा खाइयो क्यारे!! अनि फारमको माछा नि एक पिलेट झ्याम पारियो!! अनि लागियो उकालो तिर!! :-)

Read Full Discussion Thread for this article