सन्देश केही असन्तुलित छ कि जस्तो लाग्छ (त्यो मेरो राजनैतिक पूर्वाग्रहले गर्दा हुनुपर्छ), त्यो कुरा बाहेक एकदम साहसिक रचनात्मक प्रयोग – सन्देश र शैली दुबैमा ।
अत्यन्त शक्तिशाली शैली । शायरीको वास्तविक शैलीगत शक्ति (कम शब्दमा धेरै र गहन कुरा भन्न सक्ने) यसमा पुरा देखिन्छ ।
धेरै समिक्षकहरु निर्बाध रचना स्वतन्त्रतालाई जोड दिन्छन र सन्तुलनको शर्तलाई अनावश्यक र रचना-बाधक सम्म ठान्दछन् । रचना-बाधक चाही पक्का हो, तर आवश्यक अनावश्यक बारे मेरो अलिक फरक मत छ ।
मेरो मत जाहेर गर्नुभन्दा पहिले म के स्पष्ट गर्न चाहन्छु भने सन्तुलन भनेर मैले राजनैतिक सन्तुलन (political correctness) को नभएर वस्तुगत सन्तुलन (objective fairness) को कुरो गर्या ।
त्यस्तो सन्तुलनको आवश्यकता छ जस्तो मलाई लाग्छ । र त्यो सिर्फ न्याय (fairness) को लागि मात्र नभएर रचनाको सदाबहारता (endurance) को लागि पनि हो ।
म निर्बाध रचनास्वतन्त्रतालाई नि:सन्देह सर्वोच्च ठान्छु । किन्तु मैले सल्लाह दिनुपर्यो भने मेरो सल्लाह सदाबहार (enduring) रचनाको लागि हुनेछ ।
जे भए पनि, यस्तो शक्तिशाली गजल धेरै पछि सुन्न पढ्न पाईएकोमा आनन्दित छु ।
Nepe