Posted by: gaalab April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
"हैन गालउ, मेरो क्यै दोष छैन," भन्छ बा! म परें ट्वाँ ।
"के कुरा गर्या?" भन्छु; ऊ बज्जे क्वाँ क्वाँ रोला जस्तो गर्दै हेर्छ।
"ओइ साइँध्वा, के लाटोले केरा हेर्या झैं हेर्छस्! खुरुक्क भन् न के भो?" भनो, ऊ त झन आँखा ठुल्ठुला पार्छ। मानौं ऊ मेरो कुरालाई विश्वासै गर्याछैन जस्तो।
यो जिन्नगीमा जे पनि ह्यान्डिल गर्न सकिएला , यस्तो बेलाँ सकिंदो रैनछ बा! एउडा लक्को जवान केटो छ; बेलाँ बिहा गरेर बच्चो पा'र बेलाँ त्यो बच्चाको बिहा गरा' भए हजुरबाउ हुन हुन लाग्या बेला' उमेर छ भनम् न।  ऊ बेला' जमानाको कुरा गर्या मैले। अब, त्यस्तो मान्छे कुँक्कुँक् गरेर, देसी गोलभेंडा जस्ता राता आँखा पारेर हेर्यो भने के गर्नी? छ क्यै गर्नी उपाय?
बच्चो भा' भए गाला मुसार्दिन हुन्थ्यो, "नरोऊ बाबु" भन्दै लाली पप दिए फुलिन्थ्यो। यो पातकीका गाला मुसार्दिम् भने दारीका ठोसा बिझाएर आफ्नै हात काट्ला भन्नी डर। बुढा मान्छे भा' भए "रामको नाम लिनु बाजे, रामले सब कुरा हेर्चन्," भन्दिए चुप लागेर भजन किर्तन लाग्थ्यो। यो बज्जिया पर्यो, "रामले सब हेर्छन्" भन्यो भने हत्त र पत्त पाइन्टको फस्नर चेक गर्ने खालको मान्छे। कन्या-केटी मुन्छे भा' भए नि जान्या थिम्; यो भुस्तिघ्रे राशि मात्रको कन्या।
मलाई सारो गारो परो मुन्छे हो। यस्तो मान्छेलाई कसरी फुल्याम्?

प्राइभेसीको लागि, त्यो भुस्तिघ्र्या' नाम केही समयलाई गोप्य राख्या छु। ज्यानमा हनुमान चढ्यो भने भन्दिन पनि सक्छु। कम्ता टेन्सन् छैन यो जीउलाई।
Read Full Discussion Thread for this article