Posted by: mandale murdabad April 18, 2008
MAOBADI MURDABAD
Login in to Rate this Post:     0       ?        

नसघाएको भन्दै माओवादीद्वारा कुटपिट

कान्तिपुर संवाददता

काठमाडौं, वैशाख ५ - चुनावमा असहयोग गरेको भन्दै माओवादीले आक्रमण गरेका दोलखाका प्रधानाध्यापक रामभगत तामाङ गम्भीर अवस्थामा उपचाररत छन् । सुकाठोकरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक तामाङलाई पार्टर्ीी्रचारमा नहि“डेको भन्दै माओवादी कार्यकर्ताले चैत २५ गते मरणासन्न हुनेगरी पिटेका

थिए । जिल्लामा उपचार नभएपछि उनलाई राजधानी ल्याई मोडल अस्पतालमा भर्ना गरिएको थियो ।

'हाम्रो प्रचारमा किन हि“डिनस् भनी फलामको रडै रडले हिर्काएपछि म अचेत भई ढले“,' शल्यक्रिया गरिएका तामाङले कान्तिपुरसित भने । माओवादी कार्यकर्ता दलबहादुर तामाङ, कैलाश लामा, प्रेम तामाङ, केशव कार्की, माधव कार्कीसहितले आफूमाथि आक्रमण गरेको उनले सुनाए । आफ्नो भाइ असिम लामालाई पनि चुनावपछि चरिकोटमा माओवादी कार्यकर्ताले हातपात गरेको उनले सुनाए ।

'हामीलाई सहयोग नगर्ने परिवार भन्दै कुटपिट गरे,' उनले भने ।

यसैबीच वाईसीएल कार्यकर्ताले ललितपुर ठूलादर्ुलुङ्ग गाविसका एमाले गाउ“ कमिटी सदस्य युगबहादुर सिकारीलाई निर्मम कुटपिट गरेका छन् ।

एमाले जिल्ला कमिटीले बिहीबार विज्ञप्ति जारी गरी बन्दुक र पैसाको दम्भले आफ्नो विचारमा सहमत नहुनेलाई आक्रमण गर्ने अभियान रोक्न माओवादी नेतृत्वको ध्यानाकर्षा गरेको छ ।

Read Full Discussion Thread for this article