Posted by: bikash kc April 17, 2008
राजा भारतको शरणमा जानसक्ने
Login in to Rate this Post:     0       ?        
राजा ज्ञानेन्द्रलाई मुस्ताङ्गी राजाझै बस्न प्रस्ताव
६-वैशाख-२०६५,शुक्रवार
 राजा ज्ञानेन्द्रलाई पनि मुस्ताङका राजाको सरह मान्यता दिने प्रस्ताव नेकपा माओवादीले राख्न लागेको स्रोतको दावी छ। स्रोतका अनुसार राजालाई स–सम्मान भक्तासमेत उपलब्ध गराएर मुस्ताङका राजाको सरहमान्यता दिने बताइन्छ तर उनको हौसियत राष्ट्रप्रमुखको झै हुदैन।  
उनलाई नारायणहिटिबाहेक नेपालमा रहेका हनुमानढोका,पोखरामा रहेको दरबार, गोर्खा दरबार जहाँ बस्न मन लाग्छ बस्ने दिनेसमेत योजना माओवादीको  छ। राष्ट्रप्रमुख भने राष्ट्रपति नै हुनेछ। यदि राजालाई यसरी खोपीका राजाका रुपमा राखिए, राजाको अवस्था कुमारीको झै त हुँदैन? आशंका उब्जेको छ।  
यता राजा ज्ञानेन्द्रको निर्वल निवासमा अहिले साजसज्जा गर्न थालिएको स्रोतको दावी छ। रंग लगाउने, पर्दा फर्नेलगायतका काम द्रुत गतिमा हुन थालेको छ। यसले कतै राजा निर्मल निवासमै बस्न खोजेका त छैनन् भन्ने आशंका पनि उब्जाएको छ। उता नारायणहिटि स्रोतका अनुसार नारायाणहिटि राजदरबारमा रहेका फूलहरु समेत केही दिनदेखि पानी नहालेकाले सुक्न थालेको छ। निर्वाचन आयोगले बैखाश १२ गतेसम्म निर्वाचनका सम्पूर्ण परिणाम आउने बताएकाले अझै एक सप्तासम्म राजाका विषयमा अड्कलबाजी चल्ने देखिन्छ।  
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=9149
Read Full Discussion Thread for this article