जदौ गाम्ले।
जिम्माल बुढा बल्ल फर्केचन र पो हल्लखल्ल गरेचन आज दिनभरि गाम्लेले, नत्र त एक पन्ना नि मुश्किलले सर्थ्यो।
बरु खर्क तिरा हालखबर के छ हौ रिठ्ठे र पुन्टे दाई? आफ्नो त दुइ हप्ता नि रैनच खर्कमा अब। चार बर्ष बस्या, छोड्दा मायाँ लाग्नि र'च।
अहिले एसो सोचेर ल्याउंदा त कत्ति ठाम त घुम्नै बांकि र'च। ति सोहो, ट्राइबेका, ग्रिनिच भिलेज तिर नि रामरि घुमिएनच झैं लाओ। कसो वाशिंगटन इस्क्वाएर पार्काँ तो थिरुको ठेलाको डोसा चैं खाइएच।
सेन्ट्रल पारक भउतेलाई डिपि गर्नि बहानाले भे नि घुमिन्थो कि अलि, रामरी एक चक्कर नि लाइया रैनच। सेन्ट्रल पारकको थिएटराँ सेक्सपिएरको एउटा नाटक त हेर्नै पर्थो, तो नि तेत्तिकै हुनि भो। रकफेलर सेन्टरमा आइस इस्केटिङ गरम्ला भन्या नि तेत्तिकै भ'च, टप अफ द रक नि गैएन। ब्रोडवेको एउटा म्युजिकल नि हेर्न गैएनच। म्याडिसन स्क्वाएर गार्डनमा एउटा गेम वा एउटा कन्सर्ट, फ्लसिङमा अमेरिकन ओपनको एउटा गेम नि हेरिएनच। हरे सोच्दै जाँदा तेत्तीका बर्ष घरै बसेर बिताइएच कि के हो झैं लाओ। संसार भरिका मुन्छे आ'र सबै घुमेर जाँदा हुन, आफू त्यैं भ'र नि केहि गरिएनच।