Mr. Truth-jyu,
अरु कुरा पढ्दै गरुम्ला, गम्दै गरुम्ला । तर तपाईको एउटा यो विषको allegory मा के प्याच्च थपिहाल्न मन लाग्यो भने, संसारमा कमै मुलुकमा र खास गरेर हाम्रो उपमहाद्वीपमा त शायदै जनताले चुनावमा अमृत छान्ने अवसर पाउँछन् । जहाँ पनि कम विषालु विष नै छान्ने हो ।
हाम्रो चुनावको कुरा पनि त्यही हो ।
र मलाई पक्का विश्वास छ, हामी कोठे विश्लेषकहरुले नेपाली मतदाताहरुलाई जतिसुकै धिक्कारे पनि जतिसुकै चुकचुकाए पनि उनिहरुको निर्णयमा हाम्रो भन्दा धेरै बुद्धिमत्ता र प्रौढता छ ।
मेरो आफ्नै कोठे-विश्लेषणमा, माओवादीप्रति पूर्वाग्रही कोठे-विश्लेषकहरुले माओवादीको एउटा सबभन्दा शक्तिशाली पनि र लाभदायी पनि गुणलाई नजर-अन्दाज गरेर नानाथरीका दु:स्वप्न देखिरहेका छन् ।
माओवादीको त्यो गुण हो - लचकता ।
वास्तवमा उनिहरुको लचकताले नै उनीहरुलाई यस सफलतासम्म लेराईपुर्याएको हो ।
त्यसैले आगामी दिनहरुमा आफुलाई विष होईन अमृत देखाउन उनिहरुले जे जे कुरामा लचकता देखाउनुपर्छ देखाउनेछन् भन्ने कुरामा मलाई धेरै शंका छैन । चुनावपछि प्रचण्ड र बाबुरामका वक्तव्य र अन्तर्वार्ताहरु र त्यसप्रतिका प्रतिक्रियाहरु, खास गरेर माओवादीप्रति सशंकित रहिआएका व्यक्तिहरुका, सुन्दा म त्यही कुराको छनक पाउँछु ।
अर्को बुँदामा, तराईमा एकजना स्वतन्त्र उम्मेदवारको अपवाद बाहेक अरु सबैले नेपालको राष्ट्रिय अखण्डताप्रति प्रतिवद्ध भई राष्ट्रिय हित भित्र नै समुदायको हक र हित खोज्ने मार्ग चुनेको प्रभाव पारेपछि (चुनाव अघिको सम्झौता) सो बुद्धिमत्ताको लागि जनताद्वारा पुरस्कृत भएका हुन् । त्यसैले यो जनादेश विखण्डनवादको विरुद्ध हो, समर्थनमा होईन ।
तराईका सम्पूर्ण जनता राष्ट्रिय अखण्डताप्रति अन्य क्षेत्रका जनता जस्तै प्रतिबद्ध छन् । झन यस चुनावबाट सम्विधानसभामा तराईको (र अन्य सिमान्तिकृत समुहको पनि) प्रतिनिधित्व पुराना संसदहरुमा भईआएका भन्दा कता हो कता भन्दा धेरै र अभूतपूर्व रुपमा भएकोले विखण्डनले प्रश्रय पाउने शंका भनेको भोजन गरेपछि भोक बढ्छ होला भन्ने शंका जस्तै हो । यसमा कुनै तुक छैन ।
त्यसैले म त अधिक सहज र सुखद भविष्यप्रति आस्थावान् छु ।
Nepe