Posted by: chanaa_tarkaari April 17, 2008
राजा भारतको शरणमा जानसक्ने
Login in to Rate this Post:     0       ?        

हा हा हा, आत्मरतिमा रमाउने मान्छेको लागि केहि न केहि बहाना चाहिन्छ भनेजस्तै माओबादीले त्रिशंकु संसदमा सबैभन्दा ठूलो दल बन्ने निश्चीत भएपछि माओबादीले चुनावमा भयंकर विजय पायो भन्ने आत्मरतिमा रमाउनेहरुको जमात साझामा देख्न पाइएको छ । म देख्दैछु पछिल्ला केहि दिनहरुमा यो जमात राहुलभाइ प्रति ब्यक्तिगत असहिष्णु टिकाटिप्पणी गर्न थालेका छन । हुन त राहुलभाइ पनि यो मुढे लडाइमा मुक्का प्रहार गर्न रुचाउँछन, तर उनले ब्यक्ति किटेर टिकाटिप्पणी गरेको मलाइ सम्झना छैन । उनले उठाएका सवालहरुमा टिकाटिप्पणी गर्न छोडेर उनको ब्यक्तिगत भावना, लगाव, वितृष्णा, पुर्वाग्रह, आवेग, आस्था जस्ता कुराहरुमा अलमलिनु उचित होइन ।  

 

रह्यो कुरा ज्ञानेको,

- म देश छोडेर जानेवाला छैन पिएम - भनी गिरीजालाइ भन्ने ज्ञानेले सजिलै नारायणहिटी छोड्ला भन्ने मलाइ विश्वास छैन । उनलाइ नारायणहिटी छोड्न कुटनीतिक दवाव दिने अथवा नारायणहिटी छोड्नु पर्ने अवस्था आए उनले कस्तो रियाक्ट गर्ला भनी थाहा पाउने उद्देश्यले भारतीय छापाहरुमा यो आशयको लेखहरु छापिएको हुन सक्छ । पत्रिकामा सनसनीपूर्ण लेख छापेर वातावरण आफ्नो अनुकूल बनाउने खुफिया योजना अनुसार यी लेखहरु पत्रिकामा आइरहेको होला भन्ने मेरो अनुमान छ । नत्र तुलसी गिरीले थाहा नपाउने योजना भारतीयले थाहा पाउन कसरी सक्छ ?

अर्को कुरा, ती कुनै पनि लेखहरुमा किटानी खबर छैन, हल्ला शंका र अनुमानहरु मात्र छन । मैले सुनेअनुसार हिमानीको पुर्खा सिकरका भएता पनि हिमानीका बुवा तथा नजीकका परीवार धेरै बर्षदेखी नेपालमा नै बस्दै आएका हुन रे । हिमानीका क्लासमेटहरुलाइ पनि हिमानीको पुर्खौली भारतमा रहेछ भन्ने कुरा उनको बिहे पारससित हुने समाचार नआउँदासम्म थाहा थिएन रे । राजालाइ भारत वा कतै निर्वासनमा जानै परेपनि उनीसित त्यतीधेरै अप्सनहरु छ कि उनलाइ सिकर जान जरुरत नै छैन । कहिँ नपाएर शरण लिन सम्धिखलककाँ जान्छ होला त ?

Read Full Discussion Thread for this article