Posted by: Rahuldai April 17, 2008
राजा भारतको शरणमा जानसक्ने
Login in to Rate this Post:     0       ?        

सपना देख्न कसैले रोक्न सकिन्न। राजा फालिने, गलहत्याउने , श्रीपेज फुकाल्ने जे जती नारा दिए पनि यती सजिलै बाबु राम र प्रचण्डेको दुई कौडी को भाषाण जस्तो सजिलो छैन। संबिधान सभाको पहिलो बैठक ले कसरी हटाउन मिल्छ? कुनै कानूनी धरातल त टेक्नै पर्‍यो। पुरानो अन्तरिमा संबिधान पहिलो बैठक संगै निस्प्रभावी हुन्छ, नयाँ संबिधान को क पनि लेखिएको हुँदैन।

 

जानु त राजा जानै पर्छ, नारायण हिटिबाट डेरा सर्नै पर्छ। राजा गएनन भने माओवादीको कारण जाँदैनन। प्रचन्ड तिर्थ यात्रा निस्कदै छन। माइबाप हरु संग जे सल्लाह हुन्छ त्यही हुन्छ। जनता को मत ले मात्र हुनेवाला केही छैन। तर नेपाल मै बस्न चाहे नागरिक को हैसियतमा बस्न पाउनु पर्छ।

Read Full Discussion Thread for this article