राजा भारतको शरणमा जानसक्ने |
५-वैशाख-२०६५,बिहिवार | |
भारतका विभिन्न ठाउँमा राजा ज्ञानेन्द्रको सम्पत्ती नेपालमा राजसंस्थाको अन्त्य हुने र राजगद्दिबाट राजा ज्ञानेन्द्रलाई हटाइने आशंका सबैतिर छ। भारतीय पत्रिका नवभारत टाइम्सले राजा ज्ञानेन्द्र भारतमा शरण लिनसक्ने बताएको छ। नवभारत टाइम्सले आफ्नो सहयोगी च्यानल टाइम्स नाउको हवाला दिदै भनेको छ– सीकार जिल्लामा रहेको एक महल उनको नयाँ घर हुनसक्नेछ। सीकर युवराज पारसकी धर्मपत्नी तथा युवराज्ञी हिमानीको होम टाउन हो। भारतीय वर्तमान नेपाल नीतिअनुसार भारत सरकारले राजा ज्ञानेन्द्रलाई शरण दिनसक्ने एजेन्सीहरुले बताएका छन्। भारत सरकारले नै उनको आवश्य सुरक्षाको प्रबन्धसमेत मिलाउनसक्ने बताइएको छ। केही बर्ष पहिले राज सस्थाको विरुद्धमा भएको विरोध प्रदर्शनपछि राजाले गुप्तरुपमा भारत सरकारसँग कुराकानी गरेको नवभारत टाइम्सले बताएको छ। त्यो समय पनि उनीलाई सिकर सबैभन्दा मन परेको थियो। यस गुप्त बातचितसँग जोडिएको मानिसहरु यो बताउन चाहदैनन्
कि यसको मध्यस्थ को हो भनेर। टाइम्सले जम्भू कश्मिरको राजवंशसँग जोडिएका कांग्रेसी नेता कर्ण सिह भएको संकेत मिलेको बताएको छ। संविधानसभाको निवार्चनको सबै मतगणतना भइनसकेको भए पनि पछिल्लो परिणामले चुनावबाट माओवादीलाई बहुमत नमिले पनि गणतन्त्रवादीहरुको बहुमत आउन सक्ने आशंका गरिएकाले राजा ज्ञानेन्द्रले सेफ ल्यान्डीङ्ग खोजेका हुन्। अब बन्ने नेपाल सरकारले राजालाई कुनै आधिकारीक ओहदा नदिने आशंका गरिएपछि राजाले भारतलाई आफ्नो वासस्थानका रुपमा रोज्ने सक्ने बताइएको हो। माओवादीलाई सरकारमा गएपछि सबैभन्दा पहिलो २ सय ४० बर्ष पुरानो राजसंस्था हटाउनुपर्र्नेे चुनौती देखापरेको छ। सन् २००१ मा राजा ज्ञानेन्द्रले तनावपूर्ण अवस्थाबाट राजसंस्थालाई जोगाएका थिए। यदि राजा ज्ञानेन्द्र नेपालमा नै बस्ने फैसला गरे भने उनले गरेको कथित अपराधका कारण उनीमाथि मुद्दा चलाइनसक्ने कुरा समेत नवभारत टाइम्सले उल्लेख गर्दै भनेके छ– यस कारण उनी आम नागरिक भएर नेपालमा बस्न पनि मुश्किल रहेको छ। अघिल्लो समय जब राजा ज्ञानेन्द्रले भारतको शरणमा जाने इच्छा व्यक्त गरेका थिए , त्यस समय भारत सरकारले राजा ज्ञानेन्द्रलाई स्वागत गरेको थियो। वरिष्ठ अधिकारीको हवाला दिदै नवभारत टाइम्स लेख्छ– हामी अब पनि उनलाई शरण दिन तयार छौं। नेपालको शाही खानदानी सुत्रका अनुसार राजा ज्ञानेन्द्रको भारतको गुडगांव, बेंगलोर, कोलकाता, राँची र वाराणसीमा सम्पत्ती छ।
http://weeklynepal.com/index.php?option=com_content&task=view&id=9140 |