![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Waka-jyu,
प्रचलित शब्दहरु मात्र होईन लुप्तप्राय: अप्रचलित शब्दहरु समेतका धनी तपाईको गजलमा एक फरक स्वाद पाईन्छ । त्यसलाई तपाईको शक्ति र विशेषताको रुपमा कायम राख्नुहोला ।
अनि गजल यसको उपयोगिताको आधारमा दुई वर्गको हुन सक्छ भनि हेक्का/मान्यता राखेर अघि बढ्दा दुबै वर्गको गजललाई न्याय हुने गरी गजल लेख्न सकिन्छ होला जस्तो लाग्छ ।
एउटा गीति-गजल (भावना-प्रधान, सर्वाधिक श्रोता र गीत-संगीतको लागि सुहाउँदो), अर्को कवितात्मक गजल (चिन्तन-प्रधान, कविमण्डली र गजलका विशेष प्रेमीहरुको लागि सुहाउँदो) ।
यो वर्गीकरणको पछाडी के छ भने, यी दुवै वर्गका फरक फरक श्रोता समुह हुन्छन् । एउटा श्रोता समुहले अर्को वर्गको रचनालाई नरुचाउन वा कम रुचाउन सक्छन् ।
म कहिलेकाही दुवै समुहको लागि सुहाउँदो हुने गरी, उभयवर्गी भनुम् न, लेख्ने प्रयास गर्छु । तर प्राय: असफलता नै हात लागेको छ ।
जस्तो माथिको गजल मैले तपाईले पाउनु भएको जस्तै “आम युवाहरु” को पनि कथा हो र मैले थप चाहेको जस्तै “आम-वृद्धहरु” को पनि कथा हो । समय छउञ्जेल लोक (प्रेयसी) लाई बेवास्ता गर्ने लोकतन्त्रवादीहरु (हाम्रा वयोवृद्ध युवा नेताहरु) को पनि कथा थियो त्यो । तर सन्दर्भ चाहिने रहेछ, शब्दले मात्र नपुग्ने रहेछ ।
जे होस्, मैले भनें नि, कुन समुहको लागि र कुन वर्गको गजल हो भनेर हेक्का राखी, शुद्ध चाहे शुद्ध, मिश्रित चाहे मिश्रित, तर हेक्का सहितको गजल लेख्ने ठेक्का लिनु राम्रो होला जस्तो लाग्छ मलाई । रचनात्मक स्वतन्त्रता पनि भो, रचनात्मक स्पष्टता पनि भो ।
Nepe