हँ नेउचे? कल्ले उखोलो ले खामो???? बाइसेलेले रे??? तिनलाई चुर्ना पर्न नसक्या असत्ति बानहरु। अनि के हेरेर बसेउ त ए तिमेरु? तो बटारिया पाँसुल्ला कुन दिनलाई राख्या हौ, रुइँरुइँति पारेर तेइँ खोलाँ ताड्न पर्दैन तिनलाई?? रगतपछ्छे बनाइदिएसि तिनका बाउको बे देख्थे अर्काले गरिखा नदेख्ने उरन्ठेउलाहरुले! एकछिन पख पख के जाति मोबिल फुन आओ!
((....स्वाँs.... हिल्लोsss! हिल्लोsss!....हिजो आ!....हँ? अँ..सन्चै भन्नु परो बा....हँ? अँ अँ,....के रे?....जिते रे?....अँ...के रे?....सिद्याए रे?....हो र?....हुन्न?.....ज्यान नै तल माथि हुने रे?....अँ...लौ त अब क्यार्नु कति बाँचिन्छ बाँच्नु परो के रे जिन्तखिमा....लौ त बा...लु चिरन्जिबि भएस...))
हेरि कुरो के भने नि नेउचे, अब हेरि उखेले त उखेले नि केइ काम परो होला बरा! चुनाउको बेलाँ सयोग अर्नु पर्छ के! अर्काला सयोग अरो भन्देखुन देउताले नि हेर्छन बाबै! चुप लाग मोरा अब, कल्ले उखेलो के के जाति अरो केइ नभन्नु कोइलाई! तेस्तो जाबो गोठ अर्को हालमला! चुप्प लाउनु!