Posted by: Nepe April 16, 2008
प्रिय तिम्रो मुटु बोकेर हिड्दै छु !
Login in to Rate this Post:     0       ?        

किन राधा ? किन मीरा नरोजेको ? थाहा छैन राधा केको प्रतीक हुन् (मीरा त प्रेमको), तर कृष्ण धरावासीले उनको पुरस्कृत उपन्यास राधा मा राधालाई नारीवादी नायिकाको रुपमा पुनर्परिभाषित गर्ने कोशिस गरेका छन्, यद्यपि कथान्तमा राधाको पुरानै स्वरुप देखिन्छ ।

 

कसैले सुनेको छ कृष्ण धरावासीलाई त्यसबेला लागेको आरोप, जुन उनले खण्डन गरेका थिए प्रचण्डबाबुरामलाई उपन्यासको पात्रद्वय कृष्णबलरामको रुपमा प्रस्तुत गरेका हुन् भनेर ?

 

धरावासीको कल्पना र खण्डनमा जे र जेजस्तो सत्यता भए पनि राधा उपन्यासको कथा (कृष्ण र बलरामद्वयको छापामार युद्धद्वारा कंसराज समाप्त गरी गणतन्त्र स्थापना गर्ने) र माओवादीको कथामा केही न केही समानान्तरता देखिन्छ ।

 

अब त झन् बढी टड्कारो देखिने भो ।

 

अब संभवत: राधा उपन्यासको पुनर्चर्चा हुनेछ । उनी पछाडीका पुरस्कार पाउने पल्पसा क्याफे को अतिप्रचारले उनको उपन्यासलाई एक अन्यायपूर्ण ओझेलमा पारिदिएको थियो । पल्पसा क्याफे मा माओवादी द्वन्दको जुन सतही र निस्कर्षविहिन चित्रण छ (मेरो आधा निस्कर्ष) र पुस्तकले जुन अतिप्रचारको फाईदा पायो, त्यसको पनि चर्चा गर्नेछन् होला आउँदा दिनका समीक्षकहरुले । बलेको आगो ताप्ने पुरानो नेपाली बानी त छदैछ, त्यसमाथी माओवादी द्वन्दलाई वैचारिक क्रान्तिको साटो सामान्य अशान्तिको रुपमा हेरेर नेपाली संभ्रान्तवर्गले आफुलाई एउटा ठूलै भ्रममा राखेको भने पक्का हो ।

 

Nepe

Read Full Discussion Thread for this article