Posted by: Nepte April 16, 2008
Maobadi le पुँजीवादलाई बढावा दिन
Login in to Rate this Post:     0       ?        

'सामन्तवाद अन्त्य र पुँजीवाद विकास नै वैज्ञानिक माक्र्सवाद हो,' नेता डा. बाबुराम भट्टराईले भने- 'हाम्रो सन्दर्भमा सामन्तवाद अन्त्य पुँजीवाद र निजी क्षेत्रको अधिकतम विकास समाजवाद हो ।' निजी सम्पत्ति हडप्ने, जमिन खोस्ने अफवाह बजार हल्लामात्र भएको पनि उनले बताए ।

http://www.kantipuronline.com/election/2064/news1.php?uid=636

काठमाडौं, ४ वैशाख- संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको माओवादीका अध्यक्ष प्रचण्डले अर्थतन्त्रमा उदारधारलाई समर्थन गर्दै पुँजीवादलाई बढावा दिने बताएका छन् ।

निजी क्षेत्रका उद्यमी व्यवसायीलाई बुधबार सम्बोधन गर्दै उनले भने- 'हामीले पुँजीवादलाई नै बढावा दिने हो ।'

आफ्नो नेतृत्वको सरकारले पुँजीवादी अर्थतन्त्र विकास गर्न कुनै कसर बाँकी नराख्ने नीति अवलम्बन गर्ने जानकारी दिँदै उनले भने- 'हाम्रो उद्देश्य देशमा तीव्र आर्थिक चमत्कार गरेर देखाउनु हो ।'

भावी सरकारको अर्थनीतिबारे उद्यमी व्यवसायीमा अन्योल देखिएपछि माओवादीको उद्योग व्यवसाय विभागले निजी क्षेत्रसँग छलफल राखेको थियो । '

माक्र्सवादी सिद्धान्त भनेको पहिले सामान्तवाद समाप्त गरेर पुँजीवादको विकासतर्फ जाने हो,' प्रचण्डले भने- 'समाजवाद आउन अझै १-२ सय वर्ष लाग्ला ।'

जनयुद्ध, जनआन्दोलन र माओवादीको विजयलाई 'चमत्कार' भन्दै प्रचण्डले झन्डै एक घन्टा लामो भाषणमा आर्थिक क्रान्ति गर्ने शब्द पटक-पटक दोहोर्‍याएका थिए । माओवादीले गुणात्मक राजनीतिक, आर्थिक र सामाजिक विकासलाई 'र्‍याडिकल एजेन्डा' भन्दै आएको छ ।

निजी क्षेत्रलाई आर्थिक क्रान्तिको नेतृत्व लिन पनि उनीहरूले आग्रह गरे । 'नयाँ नेपाल बनाउनु भनेको आर्थिक क्रान्ति हो, हामी निजी क्षेत्रले यसमा नेतृत्व लिओस् भन्ने चाहन्छौं,' प्रचण्डले भने ।

आर्थिक क्रान्ति सफल बनाउन निजी क्षेत्रका उद्यमी व्यवसायीको हार्दिक र पूर्ण समर्थन चाहिएको उनीहरूले बताए ।

प्रचण्डले आर्थिक क्रान्तिले मात्रै देशमा शान्ति स्थापना र स्वतन्त्र राष्ट्रिय अस्तित्व हुने भएकाले पुँजी सिर्जना हुने आर्थिक क्रान्तिमा माओवादी सरकारको जोड हुने बताए । झन्डै दुई दशकदेखि नेपालले उदार अर्थनीति अवलम्बन गर्दै आए पनि माओवादीले यसलाई स्वीकारेको थिएन ।

'सामन्तवाद अन्त्य र पुँजीवाद विकास नै वैज्ञानिक माक्र्सवाद हो,' नेता डा. बाबुराम भट्टराईले भने- 'हाम्रो सन्दर्भमा सामन्तवाद अन्त्य पुँजीवाद र निजी क्षेत्रको अधिकतम विकास समाजवाद हो ।' निजी सम्पत्ति हडप्ने, जमिन खोस्ने अफवाह बजार हल्लामात्र भएको पनि उनले बताए ।

विगतमा पटक-पटक विवादको विषय बन्दै आएको श्रम ऐनलाई पनि परिमार्जन गर्ने आश्वासन प्रचण्डले दिए । 'श्रम ऐन लगानीकर्ता र श्रमिकबीचको सन्तुलन हुने गरी ल्याउने छौं,' प्रचण्डले भने- 'निर्वाचनअघि यसमा मिलाउन अप्ठ्यारो थियो तर अहिले हामीसँग जनताले दिएको शक्ति भएकाले यसमा कठोर कदम चाल्छौं ।'

निजी क्षेत्रले पटक-पटक श्रम ऐन श्रमिक पक्षधर मात्र भएकाले सुधार गर्नुपर्ने माग गर्दै आएको थियो ।

माओवादीले विदेशी लगानी आकषिर्त गर्ने पक्षमा पनि सकारात्मक रहेको बताएको छ । 'स्वदेशी लगानीलाई प्राथमिकता दिई विदेशी लगानीलाई स्वागत गरिने छ,' प्रचण्डले भने ।

स्वदेशी र विदेशी लगानीबीच 'फ्युजन' गरेर अघि बढ्ने प्रचण्डले बताए । निजी क्षेत्रका लागि लगानी प्रवर्द्धन, नाफाको वातावरण र पूर्वाधार विकासको वातावरण बनाउने माओवादीको भनाइ छ । रोजगारी बढाउने उद्योग व्यवसायमा लाग्न प्रचण्डले व्यवसायीलाई आग्रह गरे ।

माओवादीले हालको '२/३ प्रतिशत' को आर्थिक वृद्धिले नपुग्ने बताएको

छ । 'सर्पझैं घस्रने वृद्धि होइन, भ्यागुतोजस्तो उपि|mने वृद्धि आवश्यक छ,' डा. भट्टराईले भने । उनले '१५-२० प्रतिशत' को आर्थिक वृद्धि चाहिने बताए ।

माओवादीले विदेशी लगानीको पनि अपेक्षा गरेको तर स्वदेशी लगानीलाई प्राथमिकता दिने गरी संक्रमणकालीन आर्थिक नीति छिट्टै सार्वजनिक गर्नेछ । माओवादीको 'भिजन' नभएको प्रश्नमा अध्यक्ष प्रचण्डले '१०-२०-४०' अर्थात् १० वर्षे, २० वर्षे र ४० वर्षे रणनीति तय भइसकेको जनाए । सबैका लागि आर्थिक क्रान्तिसम्बन्धी नारा आफूले सोचिरहेको बताउँदै उनले भने- 'त्यो नाराले सबै तह र वर्गलाई झक्झकाउने छ ।'

माओवादीले व्यवसायी मैत्री वातावरणका लागि नाफाको प्रत्याभूति, रोजगारी सिर्जना र पूर्वाधार विकासमा जोड दिने जनाएको छ । लगानी प्रवर्द्धन र श्रमिक हितको सन्तुलन हुने गरी श्रम ऐन ल्याउने पनि प्रचण्डले बताए ।

सेना समायोजनसँगै औद्योगिक सुरक्षाका लागि 'औद्योगिक शक्ति वा बल' स्थापना गरी व्यवसाय निरन्तरताको प्रत्याभूति दिने उनले बताए । उनका अनुसार माओवादीले व्यावसायिक प्रवर्द्धन हुने गरी नयाँ क्रान्तिकारी कर नीति अवलम्बन गर्ने र ढिलासुस्ती अन्त्य गर्नेछ ।

'माओवादीमा स्वाँठ मात्र छैनन्, विश्व आर्थिक उतारचढाव अध्ययन गर्न नेपालकै उत्कृष्ट विज्ञहरू संलग्न छन्,' उनले आर्थिक क्रान्तिका लागि आफूले निःस्वार्थ नेतृत्व दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले व्यवसायीलाई तत्काल राहत कार्यक्रम पनि आउनसक्ने, १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन पुर्‍याउन विदेशी लगानीलाई बढावा दिने, सरकार निजी क्ष्ाेत्रको साझेदारीलाई प्राथमिकता दिने पनि जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले लगानीमैत्री वातावरण तयार गर्न लचिलो श्रम नीति र औद्योगिक नीतिमा सुधार गर्नुपर्ने बताएका थिए । 'निजी क्षेत्र १२ वर्षसम्म माओवादीकै कारणले प्रताडित थियो,' उनले भने- 'अब मैत्री वातावरणको अभिभारा पनि माओवादीमै आएको छ ।'


Read Full Discussion Thread for this article